बच्चाहरुको नृत्य प्रतियोगिता हुँदै



singinging

ठुलोपर्दा डटकम, काठमाडौं ।
बालबालिकाहरुको प्रतिभाको सम्मान गर्ने उद्देश्यले राजधानीमा ‘एक्टिभ किड्स डान्सिङ एण्ड सिङ्गिङ कम्पिटिसन २०१४’ हुने भएको छ । एक्टिभ स्कूलले आगामी कार्तिक २९ गते जमलस्थित राष्ट्रिय नाचघरमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रमबारे जानकारी दिन ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा स्कुलकी प्रमुख उमा श्रेष्ठले दुइ समूह विभाजन गरेर प्रतियोगीको अडिसन लिइने बताईन् । ‘५ देखि ९ र १० देखि १५ वर्ष उमेर समूहमा बालबालिकालाई विभाजन गरि अडिसन लिनेछौं, जसले गर्दा उमेर समूहका बालबालिकाको प्रतिभा पनि हेर्न सजिलो हुनेछ,’उमाले भनिन्,’दुइ समूहबाट दुइ-दुइ गरी चार विजेता छनौंट गरिनेछ ।’ उनका अनुसार प्रतियोगिताको विजेताले १५ हजार रुपैंयाँसहित ट्रफी, र्सर्टिफिकेट तथा उपविजेताले १० हजार रुपैंयाँसहित ट्रफी र र्सर्टिफिकेट पाउनेछन् ।

आयोजकले प्रतियोगितामा सहभागी हुन चाहने बालबालिकाले जुनसुकै भाषाका गीत तथा जुनसुकै शैलीका नृत्य पनि प्रस्तुत गर्न सक्ने जनाएका छन् । यसबाहेक गायनमा उत्कृष्ठ हुनेले आयोजकले निकाल्न लागेको एक एल्बममा गायनको मौका पाउनेछ भने नृत्यमा उत्कृष्ठ हुनेले साल्सा डान्स एकेडेमीमा एक महिनाको निशुल्क साल्सा बिगिनर्स कक्षा लिन पाउनेछ ।

पत्रकार सम्मेलनमा अडिसन र फाइनल प्रतियोगिताको जुरी समेत रहेका गायक आनन्द कार्कीले बालबालिकाहरुको अतिरिक्त क्रियाकलाप प्रति आकर्षा बढाउन आयोजना गर्न लागिएको प्रतियोगिता आफैमा राम्रो हुने दाबी गरे । अर्का जुरी साल्सा डान्स एकेडेमीका प्रबन्ध निर्देशक विनायकदास श्रेष्ठले बालबालिकाहरुलाई नृत्य र गायन प्रति अभिभावकले पनि प्रोत्साहन गर्नुपर्ने धारणा राखे । कार्यक्रममा जुरीहरु सपना रानी जोशी र अनिल शाहीले पनि आफ्नो विचार राखेका थिए ।

आयोजकका अनुसार फाइनल प्रतियोगितामा वरिष्ठ गायिका मिरा राणा, गायक कार्की, गीतारवादक अनिल शाही, साम्बा कोरियोग्राफर श्रेष्ठ र कोरियोग्राफर सुविमा श्रेष्ठ जुरीका रुपमा रहनेछन् । प्रतियोगिताको लागि दशैं पछि अडिसन हुनेछ । फाइनल प्रतियोगिता हेर्न आउने दर्शकहरुबाट लिइने टिकट रकमको २० प्रतिशत हिस्सा पढ्न नपाएका बालबालिकाका लागि खर्च गरिने आयोजक संस्थाकी उमाले जानकारी दिईन् ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu