श्रीमानको साथसँगै सांगीतिक क्षेत्रमा जीवन बिताउने बबिनाको इच्छा



babina

सुमन घिमिरे, उर्लाबारी ।
बिराटनगर घर भएकी बबिना भट्टराई (खतिवडा) को सांगितिक संघर्ष सुरु भईसकेको छ । ‘हँसाउछौ तिम्रै मर्जी, रुवाँउछौ तिम्रै मर्जी, आगो झोसी यो छातीमा, रमाउछौ तिम्रै मर्जी’ बोलको गित सार्वजनिक गरेसँगै उनले भनेकी छन्, ‘अब म सांगीतिक क्षेत्रमै जीवन बिताउनेछु । ‘

खतिवडाको स्वर भरिएको यो डेब्यु गीत हो यो । बबिना भन्छिन्, ‘थप गितहरु रेकर्ड गराउँदैछु,चाँडै नै बजारमा एलब्म लिएर आउनेछु’ । आफ्नो पहिलो गितलाई सोचेको भन्दा पनि धेरै राम्रो प्रतिक्रिया पाएपछि हर्षित हुँदै बबिना भन्छिन्, ‘मैले धेरै मेहनत गरेको छु र निरन्तर मेहनत गरिनै रहनेछु ।’

२०६९ सालमा आशिष खतिवडासँग विवाह बन्धनमा बाँधिएकी बबिना बिवाह पछि पनि मेरो सांगितिक यात्रामा श्रीमानको सँधै साथ र सहयोग रहिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘कहिलेकाँही त उहाँले नै मलाई नजानेको कुरा सिकाईदिनु हुन्छ, घरपरिवार सबैबाट हौषला पाएकालेनै अझै मलाई उत्प्ररेणा मिलेको छ ।’

सानैदेखि गीतसंगीत भनेपछि हुरुक्कै हुने बबिना आफूलाई नेपाली सांगितिक क्षेत्रमा स्थापित गराउन चाहन्छिन् । सांगितिक क्षेत्रमा आउन शिक्षक युवराज पौडेलको प्रेरणा रहेको उनि बताउँछिन् । सरस्वती उच्च मा.वि. इटहरामा अध्ययन गर्दा शिक्षक पौडेलले आफ्नो स्वरको प्रसंशा गरिदिएर सांगितिक क्षेत्रमा अघि बढ्न हौषला बढाईदिएको बबिनाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu