डब्बुले ल्याएको झरीले कसलाई भिजायो ?



jhariठुलोपर्दा डटकम, काठमाण्डौ ।
सञ्चारकर्मी एवं चलचित्र निर्देशक डब्बु क्षत्रीले आफ्नो एकल रचनामा श्रृङ्गारिक गजल सँग्रह ‘झरी’ स्रोतामाझ ल्याएका छन् । जसमा जुगल डँगोलको एकल संगीत रहेको छ ।

नेपाल सँगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा र प्रा. डा. कृष्णहरि बरालले राजधानीको अनामनगर स्थित मण्डला थिएटरमा एक समारोह माझ बुधबार गजलसँग्रह झरीको बिमोचन गरे ।

कार्यक्रममा गीतकार तथा विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीलाई ‘सँगीतकर्मी सम्मान-२०७१’, सौर्न्दर्यकर्मी शुष्मा महरालाई ‘सौर्न्दर्यकर्मी सम्मान-२०७१’ र समाजसेवी सुमित्रा बस्नेतलाई ‘सेवा सम्मान-२०७१’बाट बास्कोटा र बरालले सम्मान गरे । यी तीन स्रस्टालाई विलक्षण क्रियसन र आर्र्टोम्युज रेकर्डिङ स्टुडियोका तर्फाट सँयुक्त सम्मान गरिएको थियो ।

आफुसँग केही चलचित्रमा काम गरेका क्षत्रीको झरी भित्रका गजल कर्णप्रिय रहेको बास्कोटाले बताए । नेपाली गीतसंगीतको पाईरेसी रोक्न प्रज्ञा प्रतिष्ठानका तर्फबाट आफुले सक्दो कोशिस गर्ने उनले बताए ।

डा. कृष्णहरि बरालले गजलको महत्व बारे प्रकाश पार्दै गीत लेखनको दुइ दशकपछि ढिलै भए पनि क्षत्रीले स्तरीय गजल ल्याएको बताए ।

गलजकार डब्बु क्षत्रीले यो संग्रह तयार गर्न पाँच वर्ष लागेको जानकारी गराए । गजल श्रव्य माध्यम भएकाले पनि आफुले स्रोतामाझ ल्याएको उनले प्रकाश पारे ।

सँग्रहका सबै गजलको संगीत र संगीत संयोजन गरेका डंगोलका सँग्रहको संगीतबारे कार्यक्रममा प्रकाश पारे ।

सँग्रहमा साउनको भेल जस्तो…, झमझम झरी वषिर्रहेको, झरीले रुझ्दा पनि…, तिमीसँग सुन्दरताको…, धेरै रोएँ तिम्रो यादमा बोलका गजल छन् । जसमा राजेश पायल र्राई, निशा देशार, दीपक लिम्बु, दुर्गा खरेल, अञ्जना गुरुङ र नव गायक फुपु तेन्जिङ शेर्पाको स्वर रहेको छ ।

झरीलाई विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो । विमोचन समारोहमा झरीले रुझ्दा पनि…गजलको भिडियो रिलिज गरिएको थियो । क्षत्री आफैंले निर्देशन गरेको यो भिडियोमा नविन लम्साल र रुपा खनालको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu