फेसबुक टाइमलाईनमा भरत सिटौलाको पिडा दिने फूल (भिडियो)



Bharat-Sitaula2

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लामो समयको अन्तरालपछि गायक भरत सिटौला संगीतप्रेमीमाझ झुल्किएका छन् । हरे राम, म अनि तिमी, रिया, कि त माया, चाहे पनि, कि जिन्दगी, कहिले आगो कहिले पानी, आकाश हेर्छु, प्रदेशमा जस्ता लोकप्रिय गीत गाएका सिटौलाले ‘कुन फूल होला’ बोलको गीत लिएर आएका छन्, जुन गीतको भिडियो सार्वजनिक भएको छ ।

भरतले गाएको गीत ‘कुन फुल होला …’ बोलको गीतलाई निर्देशक जीवन थापाले नयाँ जीवन दिलाएका छन् । हरियो पर्दा लगाईएको एकै कोठामा छायांकन गरी तयार उक्त भिडियोमा भरतको फेसबुक टाइमलाइन देख्न पाईनेछ । भिडियोमा पूर्णरुपमा ग्राफिक्स प्रयोग गरिएको छ ।

उक्त गीतमा संगीत पनि भरतको नै रहेको छ भने शब्द डा. बद्रि पोखरेलका रहेका छन् । भिडियोलाई मल्टी मेट नेटवर्कले तयार पारेको हो । भिडियोमा भरत आँफै देखिनेछन् । उनको अपोजिटमा निलुले अभिनय गरेकी छिन् ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu