ऋतिकले पारे बक्स अफिसमा ‘ब्यांग ब्यांग’, दुई दिनमै ५० करोड बढिको व्यापार



bang-bang

ऋतिक रोशन अभिनित वलिउड चलचित्र ‘ब्यांग ब्यांग’ले बक्स अफिसमा समेत ब्यांग ब्यांग पारेको छ । यो चलचित्रले पहिला दुई दिनमा ५० करोड बढिको व्यापार गरेको छ । पहिलो दिन २७.५४ करोडको व्यापार गरेको यो चलचित्रले दोश्रो दिन २४.०८ करोड कमाउन सफल रह्यो ।

बिहिवार (अक्टुवर २) मा रिलिज भएको यो चलचित्रमा ऋतिकको अपोजिटमा कैटरीना कैफ छिन् । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘ब्यांग ब्यांग’ पाँच हजार भन्दा बढि हलमा रिलिज भएको थियो ।

यो चलचित्रलाई भारतमा छुट्टीको फाईदा मिलिरहेको छ । हिन्दी भाषाको साथसाथ तमिल तथा तेलुगु भाषामा समेत रिलिज भएको छ । विकेन्डको दुई दिन बाँकी रहँदा आईतवार सम्ममा १०० करोड पार गरिसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu