बलिउड अभिनेता आमिर खान सुटुक्क काठमाडौंमा



aamir

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बलिउड अभिनेता आमिर खान सुटुक्क काठमाडौं आएका छन् । युनिसेफले भोलि लुम्बीनीमा गर्न लागेको कार्यक्रम मा सहभागि हुन खान नेपाल आएको रहेको स्रोतले जनाएको छ।

जेट एयरवेजको विमानबाट आज काठमाडौं आइपुगेका उनी राजधानीको होटल द्वारिकाजमा बसेका छन्। । उनी युनिसेफको सदभावना दुत समेत हुन् ।

यस अधि युनिसेफले पप स्टार सेलेना गोमेजलाई नेपाल ल्याएको थियो।

फिल्म सुटिङका लागि बलिउडका अर्का अभिनेत अक्षयकुमार पनि केही महिना अघि नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu