अमिताभको लागि धेरै मन्दिर धाएकी थिइन् रेखाले



rekha-and-amitabhबलिउड अभिनेत्री रेखा ६० बर्षकी भईन् । १० अक्टुबर १९५४ मा चेन्नईमा जन्मेकी रेखा र बलिउड अभिनेता अमिताभ बच्चनबीचको प्रेमकथा सबैलाई थाहै छ । अमिताभको प्रेममा रेखा पागल थिइन् ।

चलचित्र ‘कुल्ली’को छायांकनको दौरानमा अमिताभ गम्भिर घाईते भए । त्यतिबेला रेखा सबैभन्दा बढि तनावमा देखिन्थिन् । बीग बी को स्वास्थ्यलाभको लागि रेखाले धेरै मन्दिर धाएकी थिइन् ।

रेखाको जन्मदिनको अवसरमा उनको जिन्दगीको यो अविस्मरणिय क्षण हामी तपाईँलाई बताईरहेका छौँ ।

मुम्बईको क्यान्डी अस्पतालमा अमिताभ जीवन-मरणको दोसाँधमा थिए । सयौँ बिशिष्ट मानिसहरु अमिताभलाई भेट्न अस्पताल आईरहन्थे । त्यो बेला फूल र शुभकामनाले अस्पतालको धेरै हिस्सा ओगटेको थियो ।

अमिताभकी पत्नी जया बच्चनले पतिको हेरविचार गरिरहेकी थिइन् । अभिषेक र श्वेता सानै थिए । जयाको पुरै हिम्मतको साथ अमिताभ जिन्दगीको लागि संघर्ष गरिरहेका थिए ।

त्यहि समयमा रेखा अमिताभको प्रेममा पागल थिइन्, विडम्बना उनि आफ्नो प्रेमीसँग भेटन समेत पाउने अवस्थामा थिइनन् किनकी अमिताभकी पत्नी जया उनको लागि बाधक थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu