फुच्चे हुँदा चोर थिए विवेक ओबराय, चकलेट चोर्न दराज फुटाउँथे



bibekयशराज फिल्म्सको चलचित्र ‘बैंक चोर’मा विवेक ओबराय सीबीआई अफिसरको भूमिकामा देखिँदैछन् । विवेकले चलचित्र सेटमा आफैँसग जोडिएको एक रोचक तथ्य खुलासा गरेका छन् । जब उनि बच्चा थिए तब उनले चोरी-चकारी गर्थे ।

उनले भने, ‘जब म सानो थिएँ त्यतिबेला चकलेट चोर्थेँ । म होस्टेलमा थिएँ । मेरा सहपाठीले चकलेटलाई दराजमा लुकाउँथे । म केवल चकलेटको लागि पुरै दराज फुटाईदिन्थेँ’ ।

यो चलचित्रमा भने चोरको भुमिकामा रितेश देशमुख छन् । यसअघि विवेक र रितेश ‘ग्राण्ड मस्ती’मा देखिएका थिए । ‘बैंक चोर’ एक कमिक थ्रिलर चलचित्र हो, जहाँ चोरी गर्न सबैभन्दा खराब दिन रोजिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu