जनकवि केशरी धर्मराज थापाको निधन



dharmaraj-thapaठूलोपर्दा डटकम, काठमाण्डौ ।
जनकवि केशरी धर्मराज थापाको निधन भएको छ । लामो समयदेखि प्यारालाईसिसबाट थलिनुभएका थापाको ९२ बर्षको उमेरमा स्वयम्भूस्थित आफ्नै निवासमा निधन भएको हो ।

हरियो डाडा माथी हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल, आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युझाउन, प्रजातन्त्रको काफल जस्ता बहुचर्चित गीत गाएका थापा वि.सं. १९८१ मा पोखराको बाटुलेचौरमा जन्मिनुभएको थियो । अमर सिर्जनाका धनी गायक, जनकविकेशरी धर्मराज थापाले जीवन्त लोकसंगीत दिनुभएको छ ।

जनताका गीत गाए बापत तत्कालिन राजा महेन्द्रबाट ‘जनकविकेशरी’को उपाधि पाएका थापालाई जनतालाई सुसुचित पार्दा राज्यद्वारा पटक-पटक जेल समेत पर्नुभएको थियो । मदन पुरष्कार गुठीले २०२५ सालको साहित्यतर्फको मदन पुरष्कार धर्मराज थापाको ‘मालती मङ्गले’ काव्यलाई प्रदान गरेको थियो भने २०५७ सालमा गुठीले जगदम्बा श्री पुरष्कार ‘जनकवि केसरी’ धर्मराज थापालाई प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu