शैलेन्द्र बाबुको ‘वन डे’ बजारमा



one-day

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लामो समयदेखि संगीतकर्ममा रहेका शैलेन्द्र प्रधान ‘बाबु’ को नयाँ एल्बम ‘वन डे’ बजारमा आएको छ । शैलेन्द्र यसअघि पुरानो सांगीतिक समुह ‘सिजन्स ब्याण्ड’ मा किबोर्डिष्टको रुपमा आवद्ध थिए । यतिबेला उनले पहिलो पटक सोलो एल्बम सार्वजनिक गरेका हुन् ।

स्टेरियो रेकर्ड्सले मंगलबारदेखि बजारमा सार्वजनिक गरेको यो एल्बममा पप शैलीका ६ वटा गीत सुन्न सकिन्छ । कुशल संगीत संयोजक (म्युजिक एरेञ्जर) को रुपमा समेत चिनिने शैलैन्द्रले आफ्नो डेब्यू एल्बममा गायक सुमग पोखरेल, गायक भरत सिटौला, मोहित मुनाल, सुजन केसी तथा आफ्नै संगीतका गीत गाएका छन् ।

एल्बमका गीतहरु डा.बद्री पोखरेल, मोहित मुनाल, जिएम प्रधान, भार्गव सुबेदी तथा गायक प्रधानले रचना गरेका हुन् । यसैबीच एल्बमको एउटा गीत ‘कस्तो बेला…’ को म्युजिक भिडियो पनि यसै साता प्रिमियर गरिएको छ । जीवन थापाद्वारा निर्देशित यो म्युजिक भिडियोमा डा.बद्री पोखरेलको शब्द तथा भरत सिटौलाको संगीत निर्देशन छ ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu