बाबु बोगटीको प्रेम होटल साहुनीसँग ? (भिडियो)



babu

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर पाँचमा रिलिज हुने नेपाली चलचित्र ‘हमजाएगा’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै २ मिनेट लामो ट्रेलर देखाईएको हो । ट्रेलरमा ड्राईभर र राजमार्गको होटल साहुनीको प्रेम देख्न सकिन्छ ।

नेपाल र भारतको दार्जिलिङ आसपासमा प्रचलित अनि धैरैले सुनेको शब्द हो ‘हमजाएगा’ । यो शब्द झट्ट सुन्दा नै रोमान्टिक कुराको लागी प्रयोग हुने ठान्न सकिन्छ । यो शब्दलाई नै जोडेर कमेडी जनरामा चलचित्र ‘हमजाएगा’ बनेको हो ।

बाबु श्रेष्ठले खिचेको यो चलचित्रलाई सुरेन्द्र पुनःले निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंम को नै हो । चलचित्रमा बाबु बोगटी, विल्सन विक्रम राई, पार्वती राई, मनोज आरसी, रवि गिरी, ऋचा धिताल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

टंक गुरूङ, सूर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामा चलचित्रका निर्माता हुन् । योगेन्द्र श्रेष्ठले द्वन्द्व निर्देशन गरेको यो चलचित्रमा नृत्य कमल राईको रहेको छ ।

हेर्नुहोस् प्रोमोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu