सन्नी छोडेर श्रद्दातिर किन इमरान ?



imran

बलिउडमा किसर हिरोको नाम पाएका अभिनेता इमरान हाशमी बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सन्नी लियोनसगँ काम गर्न नमानेपछि भन्ने कुराले यति बेला बलिउड निकै तातेको छ । इमरान हाशमीको अब प्रदर्शनमा आउन लागेको चलचित्र ‘उंगली’को एउटा खास प्रमोशनल गीतको छायांकन भएको छ ।

यसअघि फिल्म मेकर्सले इमरानको साथमा सनी लियोन लिने फैसला गरेका थिए तर अहिले बजारमा आएको खबर अनुसार इमरान उक्त फैसलाको सहमतमा थिएनन् । इमरानले सनी सगँ काम गर्नमा आपत्ति जनाए भने सनी सगँ काम नगर्ने बताएका थिए । भारतीय सञ्चार माध्यमका अनुसार इमरानले सनी सगँ काम नगर्ने बताए पछि सनीको ठाँउमा श्रद्धा कपूरलाई लिइएको छ ।

प्राप्त खबरका अनुसार उक्त चलचित्रको गीत निकै धमकेदार रहेको बताइएको छ । भर्खरै छायांकन सकिएको चलचित्र उंगलीको धमकेदार गीत केहि दिनमा नै रिलिज हुने भएको छ । धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र उंगली २८ नोबेम्बरमा रिलिज हुदैंछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu