घाईते भए शाहरुख खान, घुँडामा चोट



shaharukh

दिपावलीको अवसर पारेर रिलिज हुन लागेको फिल्म ह्याप्पी न्यू इयरको प्रमोशनमा व्यस्त नायक शाहरुख खान घाईते भएका छन् । घुँडामा चोट लागेपछि शाहरुख मंगलबार दिल्लीमा भएको पत्रकार सम्मेलमा पनि खुट्टा खोच्याउँदै पुगेका थिए ।

जनवरीमा फिल्म सुटिङका क्रममा समेत शाहरुखलाई चोट लागेको थियो । दिल्लीमा भएको पत्रकार सम्मेलनमा नायिका दिपिका पादुकोण, नायक अभिषेक बच्चन, सोनु सूद, बेमन ईरानी, विवान शाह लगायत कलाकार अगाडी नै पुगेका थिए ।

त्यसक्रममा शाहरुखलाई नदेखेपछि निर्देशक फराह खानले शाहरुख उपस्थित नहुनुको कारणबारे सोधे, जवाफमा अभिषेकले शाहरुखलाई घुँडामा चोट लागेको र फिजियोथेरापी गराइरहेकाले केही बेरपछिमात्रै उपस्थित हुने जानकारी गराएका थिए ।

ढिला गरी उपस्थित भएका शाहरुखले आफू चाँडै नै ठिक हुने बताएको आजतकको अनलाइन संस्करणले खबर लेखेको छ । फराह खानसँग शाहरुखको यो तेस्रो फिल्म हो । उनले यसअघि ‘मै हूँ ना’ तथा ‘ओम शान्ति ओम’ काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu