शाहरुख खान भन्छन्, ‘दीपिका नं. १ नायिका’



Saharukh-and-deepika

बलीउडका बादशाह शाहरुख खानले एक अन्तरर्वाताको क्रममा दीपिका पादुकोण नं १ नायिका भएको बताएका छन् । दिवालीमा प्रदर्शनमा आएको चलचित्र ‘हैप्पी न्यू ईयर’को प्रमोशनको क्रममा शाहरुख खानले दीपिका पहिले पनि नं १ नायिका रहेको र आज पनि नं १ नायिका दीपिका रहेको शाहरुख खानले बताएका छन् ।

फराह खानले निर्देशन गरेको चलचित्र ‘ओम शान्ति ओम’बाट बलीउडमा प्रवेश गरेकी दीपिका सोहि चलचित्रबाट नं. १ नायिका रहदै आएकी शाहरुख खानले बताए । उक्त चलचित्रमा शाहरुख नै अभिनेता थिए ।

अन्तरर्वातामा शाहरुख खानले भनेका छन्, ‘उनलाई स्टार बनाउनुमा कसैको हात छैन् दीपिकाको मेहनतले नै उनी स्टार भएकी हुन्’ । शाहरुख खानले मात्र हैन बलीउडका महानायक अमिताभ बच्चनले पनि ‘कौन बनेगा करोड पति’मा दीपिका सुपरस्टार रहेको भन्दै तारिफ समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu