दश दिन सम्म बिवाह मनाउने काजोलकी बहिनीको योजना



tanisa

बलिउडमा अभिनयबाट काजोलले जति चर्चा कमाएकी छन्, उनकी बहिनी तनिशा निकै पछाडि छन् । अभिनयबाट नभए पनि अन्य गतिविधिबाट तनिशा चर्चामा आइरहन्छिन् । चर्चा र तनिशा एकअर्काका पर्यायजस्तै बनेका छन् ।

अघिल्लो वर्ष टेलिभिजन रियालिटी सो ‘बिग बोस’मा सहभागी उनी नायक अरमान कोहलीसँगको सम्बन्धलाई लिएर विवादमा पनि तानिएकी थिइन् । विवाद र चर्चाको श्रृंखलालाई उनको पछिल्लो अभिव्यक्तिले निरन्तरता दिएको छ । ‘अहिले विवाह गर्ने योजना छैन तर भइहालेमा निरन्तर १० दिनसम्म विवाहोत्सव चलाउन मन छ’, उनले भनेकी छन् ।

तनिशाका प्रेमी अरमान कोहलीले पहिले नै आफूहरूबीच ब्रेकअप भइसकेको बताएका छन् । तर, अरमानको टिप्पणीप्रति कुनै प्रतिक्रिया नदिएकी तनिशाले हालै अरमानसँग आफ्नो कुनै सम्बन्ध नभएको स्पष्ट पारेकी छन् । उनी चलचित्र निर्देशक राजकुमार कोहलीका छोरा हुन् । उनले विभिन्न चलचित्रमा अभिनय गरिसकेका छन्

अरमानप्रति व्यंग्य गर्दै उनले भनेकी छन्, ‘म यति भन्न चाहन्छु, भगवानले उनको रक्षा गरून् ।’ सुरुमा यो जोडी विवाहको तयारीमा रहेको चर्चा चलेको थियो । तर, तनिशाले त्यसमा सत्यता नभएको र विवाह जति बेला मन लाग्छ त्यति बेला खेल्ने खेलजस्तो नभएको तर्क गरेकी छन् । ‘मिडियामा आएजस्तो कसैसँग मैले विवाहको कुरा गरेको छैन’, तनिशाले भनेकी छन्, ‘जब म विवाह गर्छु, १० दिनसम्म वैवाहिक समारोह चलाउनेछु । म विवाहको लामो सेलिब्रेसन गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu