फराह खान भन्छिन्, ‘मसँग पुरुषले गर्ने काम भन्दा राम्रो क्षमता छ’



Faraha-Khana

नेपाली समाजमा महिलाले केहि पनि गर्न सक्दैनन् भन्ने सोचाई अहिले सम्म पनि हट्न सकेको छैन् । पुरुषले भन्दा पनि महिलाले राम्रो काम गर्न सक्छन् भन्ने कुरा काहि कतै चल्यो भने त्यो कुरा नेपाली समाजमा गफ जस्तो बन्छ । तर नेपाली समाजमा पनि यस्ता धेरै महिलाहरु छन् जसले पुरुष भन्दा पनि राम्रो काम गरेका छन् तर पनि नेपाली समाजले अझै पनि यस्ता कुरा सहज रुपमा लिन सकेको छैन् ।

कुरा गरौं महिला चलचित्र निर्देशनको । नेपाली फिल्मक्षेत्रमा सायद कमै महिला निर्देशक जसले नेपाली चलचित्र निर्देशन गरेका हुन् । यदि महिलाले नेपाली चलचित्र निर्देशन गरेको छ भने दर्शकको सोचाईमा सधै महिलालले निर्देशन गरेको चलचित्र के राम्रो होला भन्ने बुझ्ने गर्छन । तर यतिबेला भने केहि महिला निर्देशकले उत्कृष्ट अवार्ड पाईसकेका छन् । महिला निर्देशकको संख्या सँगै उत्कृष्तटा पनि थपिदैछ । बलिउडमा पनि पहिले-पहिले त्यस्तै सोच थिए तर अहिले भने त्यस्तो छैन । बलिउडमा एक यस्ती महिला निर्देशक छिन् जसले बलिउड बक्स अफिसमा धमाका मच्चाएकी छन् । ति महिला निर्देशन हुन् फराह खान । उनी बलिउडकी एक सफल निर्देशन हुन् ।

उनले बलिउडमा धमाका मच्चाउने दुई चलचित्र निर्देशन गरिसकेकी छिन् । बलिउडका बादशाह शाहरुख खानका निकै आत्मिय साथी रहेकी फराह खानले दुवै चलचित्रमा शाहरुख खानलाई नै लिएर चलचित्र निर्देशन गरेकी थिइन् । उनका चलचित्र शाहरुख खानको नामले नै चल्ने गरेको देखिन्छ । ‘मैं हूं ना’ र ‘ओम शान्ति ओम’ चलचित्रबाट उनी सफल महिला निर्देशक रहेको कुरा सावित भइसकेको छ । अझ उनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘हैप्पी न्यू ईयर’को सफलताले फेरी फराह खानलाई एक सफल महिला निर्देशक भएको सावित गरेको छ ।

अक्टुवर २४ तारिकका दिन संसारभर एक साथ प्रदर्शन आरम्भ गरेको चलचित्र ‘हैप्पी न्यू ईयर’ले प्रदर्शनमा आएको ४ दिनमा नै १३० करोड पार गरेपछि फराह खान यति बेला पुरुष निर्देशक भन्दा पनि सफल महिला निर्देशक बन्न सफल भएकी छिन् । उनले एक अन्तरर्वातामा भनेकी छिन् ‘म पुरुषले गर्ने काम भन्दा पनि राम्रो गर्छु, त्यो क्षमता म सगँ छ ।’ यसरी हैप्पी न्यू ईयरको सफलताले पनि फराह खान बलिउडमा आफ्नो भिन्दै नाम बनाउन मदत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu