करियर बनाउन बिकिनीको सहारा खोज्थिन् अदिति



aditi

बलिउड अभिनेत्री अदिति राव हैदरीले बुधवार आफ्नो ३६ औं जन्मदिन मनाएकी छिन् । २००९ देखी बलिउड चलचित्रमा काम गर्न थालेकी अदिति अहिले पनि उनी बलिउडमा आफ्नो करियर बनाइरहेकी छिन् । तर पनि उनी अहिले सम्म सफल हुन भने सकेकी छैनन् ।

उनले बलिउड अभिनेता अक्षय कुमार, रणबीर कपूर, अभिषेक बच्चनसगँ चलचित्रमा काम गरिसकेकी छिन् । अदितिले आफ्नो फिल्मी करियर २००६ मा मलयालम फिल्म ‘प्रजापति’मा अभिनय गरेकी थिइन् । त्यसपछि उनले तमिल फिल्म श्रींगाराम, साली जिन्दगी जस्ता केहि चलचित्र सगैं साउथ फिल्ममा समेत उनले काम गरिसकेकी छिन् । तर पनि उनलाई अझै पनि बलिउड चलचित्रबाट राम्रै अफर भने आइरहेको छैन् ।

उनले पहिलो चलचित्रबाट नै बिकिनी दृश्य दिन थालेकी थिइन् । निर्माताको नजरमा राम्रै परिन्छ भन्ने मनसायले उनी पहिलो चलचित्रबाट नै बिकिनी लगाउन थालेपनि उनलाई बिकिनीले अझै पनि साथ दिन भने सकेको छैन् । उनले बलिउडमा आफ्नो करियर बनाउनका लागी धेरै बोल्ड तस्विरहरुको साहार लिइन तर त्यो साहारा सफल हुन सकेको छैन् ।

उनले केहि दिन अगाडी एक अन्तरर्वातामा आफु चलचित्रको कथाले मागे बिकिनी दृश्य दिन सक्छु भनेकी थिइन तर अझै पनि अदिति राम्रै निर्माताको हातमा पर्न सकेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu