‘ह्याप्पी न्यू ईयर’ विरुद्द मुद्दा



happyएजेन्सी । बलिउडका बादशाह शाहरुख खानका प्रत्यक फिल्मले चर्चा र विवाद दुवै कमाएको पाइन्छ । त्यहि क्रममा अक्टुबर २४ तारिकका दिन देखी संसारभर एक साथ प्रदर्शन भएको चलचित्र हप्पी न्यू ईयरले प्रदर्शनमा आएको ५ दिनमा बलिउड बक्स अफिसमा १५० करोडको व्यापार गरेपछि यति बेला बलिउड मज्जाले तातेको छ । तर कमाईले शिखर चुमेपनि चलचित्रले भने अब कानुनी प्रक्रियामा जानुपर्ने भएको छ ।

चलचित्र ‘ह्याप्पी न्यू ईयर’ पनि विवादमा परेको छ । फिल्ममा रहेको गीत ‘शराबी’का गायक सूरजले शाहरुख खानको प्रोडक्सन कम्पनी रेड चिलिजलाई कानुनी सूचना पठाएको हो । सूरजले आफ्नो सहमतिविना सो गीत फिल्ममा प्रयोग गरिएको आरोप लगाएका छन् । उनका अनुसारसो गीत २०१२ मै्र आरडीबी ग्रुपले रिलिज गरेको थियो ।

सो गीतको पूर्ण अधिकार सूरजसँगै रहेको पनि बताइएको छ । फिल्म रिलिज हुने केही अघिमात्र सो गीतमा फिल्मका मुख्य कलाकारहरुको सुट गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu