‘ह्याप्पी न्यू ईयर’को सिक्वेल बनाउदैं शाहरुख, नाम हुनेछ ‘इण्डियावाले’



indiawalw-

ह्याप्पी न्यू ईयरले तीन दिनमै सय करोडको व्यापार गरेपछि हौसिएका शाहरुख खानले यस फिल्मको सिक्वेल निर्माणका लागि आफूले फराह खानसँग कुरा अघि बढाएको खुलासा गरेका छन् । हङ्गामा नामक एक गेम एप्स लञ्च गर्दै उनले फराहसँगै मिलेर ह्याप्पी न्यू ईयरको सिक्वेल बनाउने बताए ।

फिल्मको नाम भने ‘इण्डियावाले’ रहने उनले जानकारी दिएका छन् । ‘चेन्नाई एक्सप्रेसका दौरान पनि मैले भनेको थिएँ, मेरो अघिल्लो फिल्म यसभन्दा अघि जानसक्छ, किनकी स्क्रीन विकेन्ड विजनेस बढिरहेको छ । कुन फिल्म कति दिनसम्म सिनेमाघरमा रहन्छ भन्ने कुरा त्यसको विषयबस्तुमा निर्भर गर्छ । सयौं दिनसम्म फिल्म चल्ने भन्ने अवस्था अब रहेन, अहिले त एकै पटक ६ हजारभन्दा बढी पर्दामा फिल्म देखाइन्छ । प्राय दर्शकले पहिलै हप्तामा फिल्म देखिसक्छन् । हरेक नयाँ फिल्मका साथ नयाँ बेन्चमार्क ल्याउनु मेरो शोख हो, हिन्दी फिल्मलाई पनि अन्तराष्ट्रिय स्तरमा लैजान चाहन्छु ।’

यस फिल्ममा सबैभन्दा ठूलो सुपरस्टार को भन्ने प्रश्नको जवाफमा शाहरुखले भने, ‘म अभिषेक बच्चनलाई ठूलो सुपरस्टार मान्छु, उनको लगातार तीन फिल्म बोल बच्चन, धूम ३ र ह्याप्पी न्यू ईयर १०० करोड क्लबको हिंस्सा बनिसकेको छ । त्यसैले म अभिषेकलाई फिल्म इन्डस्ट्रीको बेष्ट एक्टर मान्छु । किनभने जो कमेडीमा फर्फेक्ट छ, उही सम्पूर्ण कलाकार हो । जन्मदिनको योजना के छ, भन्ने प्रश्नमा शाहरुखले भने, ‘ह्याप्पी न्यू ईयरको टीमसँगै रहन्छु । सँगै बसेर खानु–पिउनुका साथै एकअर्काको हात समातेर सेलिब्रेट गर्न चाहन्छौं ।’ साथै उनले फराहसँग यस फिल्मको सिक्वेलको रुपमा ‘इण्डियावाले’ बनाउने विषयका कुरा गरिरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu