अमेरिकाका २१ राज्यमा एकै साथ ‘श्री ५ अम्बरे’



ambare

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आफ्नो चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र युनिटलाई सधै चटारो नै हुने गर्छ । अहिले यस्तै भएको चलचित्र ‘श्री ५ अम्बरे’ युनिटलाई । केहि दिन अगाडी मात्र भद्रगोलका कलाकारलाई दिर टिभिसी तयार पारेको चलचित्र युनिटले आफ्नो प्रचार प्रसारलाई व्यापकता दिँदै गएको छ ।

नेपालमा चलचित्र श्री ५ अम्बरे लाई डिजिटल सिनेमा नेपालले वितरणको जिम्मा लिए लगतै हलको चाजो पाजो मिलाउँदै छ । मंसिर ५ मा नेपालसँगै अमेरिकाका २१ राज्यमा एकै साथ प्रदर्शन हुँदैछ । यो चलचित्रलाई अमेरिकामा नेपाल ११ ईन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

“हामी श्री ५ अम्बरे लाई नेपाल र अमेरिकामा एकै साथ प्रर्दशन गर्न पाउँदा उत्साहित भएका छौ, राम्रो चलचित्रका लागी पर्खीरहेका दर्शक का लागी यो चलचित्र एक सफल चलचित्र सावित हुनेछ” नेपाल ११ का कार्यकारी निर्देशक प्रतिक सुवेदी ले बताए ।

जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित तथा दिपा बस्नेत निर्देशित यस चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu