मस्‍तीजादेले पहिरायो सनीलाई रातो विकिनी



mastizaade

पूर्वपोर्नस्टार एवं बलिउड नायिका सनी लियोनलाई हट अवतारमा देख्न पाइन्छ भन्दा सायद कसैलाई पनि अचम्म नलाग्न सक्छ । किनकी उनी पूर्वपोर्नस्टार भएका कारण पनि उनी हट अवतारमा देखिन कुनै पनि असहज महशुस गर्दिनन् । त्यसैले पनि उनका प्राय चलचित्रहरु उनी निकै हट अवतारमा देखिने गर्छिन ।

फेरी पनि सनीलाई चलचित्र मस्‍तीजादेमा रातो विकिनीमा देख्न पाइने भएको छ । सनीले आफ्नो ट्विटरमा रेड विकिनी लगायर अभिनय गर्दै गरेको तस्विर सार्वजनिक गरेकी छिन् । मस्‍तीजादेमा उनले हट अवतारमा रेड विकिनी लगाएर सुट दिएकी छिन् ।

आफ्नो ट्विटरमा फिल्ममा विकिनी प्रयोग गरेर खिचिएको तस्विरमा ट्वीट गर्दै यस दृश्यका लागी आफुले धेरै मेहेनत गरेको बताइन् । फिल्‍म मस्‍तीजादेलाई मिलिप जावेरीले निर्देशन गरेका छन् । सेक्स कमेडी फिल्‍ममा सनी लियोन लीड रोलमा देखिएकी छिन् । उनको साथमा तुषार कपूर, वीर दास र रितेश देशमुखले पनि अभिनय गरेका छन् । सनी पहिलो पटक दोहोरो भूमिकामा चलचित्रमा देखा पर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu