दर्शकको क्रेज फर्काउँदै निखिल, भैरवले गर्नेछ निखिलको परिक्षा



nikhil

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लामो समय चलचित्र क्षेत्रमा देखा नपरेका नायक निखिल उप्रेतीले अब चाडैं आफुले नै निर्माण तथा निर्देशन गरेको चलचित्र लिएर दर्शक माझ आउने भएका छन् । सर्लाही आसपासमा निर्माण भइरहेको चलचित्र ‘भैरव’लाई नायक निखिल उप्रेतीले निर्माण र निर्देशन गरिरहेका छन् ।

नेपाल र भारतमा हुने गरेको तस्करीलाई उठान गर्ने चलचित्र भैरबको छायांकन अब लगभग अन्तिम चरणमा रहेको बताइएको छ । लामो समय पछि दर्शक माझ आफैंले निर्देशन र निर्माणमा बनेको चलचित्र लिएर आउदैं गरेका निखिललाई फेरी दर्शक माझ पुरानै निखिल उप्रेतीको क्रेज राख्न भने मुस्किल नै देखिन्छ तर पनि निखिललाई अझै पनि दर्शकले विर्सन भने सकेका छैन् । निखिल एक्सन नायकका रुपमा परिचित छन् ।

पहिलो पटक आफैंले निर्माण र निर्देशन गरेको भैरवमा नायिका अनु शाह आफ्नो जोडीको रुपमा देखाएका छन् । चलचित्रको एउटा आइटम डान्समा भने नायिका रेखा थापा देखिने छिन् । चलचित्रमा सुरेश अधिकारीको संगीत, कृष्ण थापाको छायांकन, हिमाल केसीको द्वन्द्व रहेनछ । बलिउडमा लामो समय संघर्ष गरेर पनि खासै सफलता हात नपारेपछि निखिल नेपाली सिनेमामा नै फर्कने सुरमा छन् । उनले ‘लुटेरा’ नामक सिनेमा खेल्ने पनि पक्का भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu