श्रीमती गौरीलाई शाहरुखको बुलेटप्रुफ कार उपहार



shaharukh-gauriकेहि दिन अगाडी मात्र आफ्ना लागी किनेको बुलेटप्रुफ कार बलिउडका बादशाह शाहरुख खानले आफ्नी श्रीमती गौरी खानलाई दिएका छन् । गौरीको जन्मदिनको अवसरमा शाहरुख खानले उक्त महंगो कार गौरीलाई जन्मदिनको उपलक्ष्यमा उपहार दिएका हुन् ।

पछिल्लो समयमा सुरक्षाको मामिलामा निकै सचेत बनेका शाहरुखले आफ्नो मात्र हैन आफ्नी पत्नी र छोराछोरीको सुरक्षामा पनि निकै कडाई गरेका छन् । स्रोतका अनुसार शाहरुखले पत्नी गौरी र उनका छोराछोरी घरबाट बाहिर जाँदा वरिपरि ठुलो संख्यामा तालिम प्राप्त बाउन्सरहरु खटाउने गरेका छन् ।

स्मरणीय छ, शाहरुखले पनि आफ्ना साथी करिम मोरानीको घरमा भएको गोलीकाण्डपछि बुलेटप्रुफ गाडी खरिद गरेका थिए । अहिले शाहरुख निकै ठुलो सुरक्षा घेरा भित्र हिड्ने गरेका छन् ।

हाल शाहरुख खान अभिनित चलचित्र हैप्पी न्यू ईयर प्रदर्शनरत छ । उक्त चलचित्रले हालसम्ममा करिब २०० करोड पार गरिसकेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu