औपचारिक रुपमा नै छुट्टिए ऋतिक र सुजैन



hritikबलिउड स्टार ऋतिक रोशन र उनकी श्रीमती सुजैन खानले औपचारिक रुपमा आफ्नो वैवाहिक जीवनको अन्त्य गरेका छन् । मुम्बईस्थित फेमिली कोर्टले उनीहरुलाई आपसी समझदारीको आधारमा सम्बन्ध विच्छेदलाई स्वीकृति दिएको छ ।

ऋतिक र सुजैन फरक-फरक गाडीमा अदालत आएका थिए र करिब ११ बजे त्यहाँबाट निक्लेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुम्बईको बान्द्रामा अवस्थित अदालतमा दुवैले ६ महिना अघि सम्बन्ध विच्छेदका लागि दर्ता गराएका थिए । दुवैका वकिल मृनालिनी देशमुख र दिपेश मेहेता पनि अदालतमा उपस्थित थिए ।

उनीहरु दुवैसँग आफ्नो छोराहरुमाथि समान अधिकार रहने अदालतले आदेश दिएको छ । रेहान (७ वर्ष) र हृदान (५ वर्ष) आफ्नो आमासँग वर्सोवामा बस्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu