बहिनीको बिहेको लागि २ करोडमा सलमानले गरे होटल बुक, मोदी हुनेछन् मुख्य अतिथि



salman-n-sis]सलमान खान आफ्नी बहिनी अर्पिताको विवाहमा कुनै कमी चाहँदैनन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुख्य अतिथिको रुपमा निमन्त्रणा गर्ने तयारीमा जुटेको खान परिवारले २ करोड भारतीय रुपैयाँ (३ करोड २ लाख नेपाली रुपैयाँ) मा होटल समेत बुकिङ गरिसकेको छ ।

सलमानकी बहिनी अर्पिताको विवाह यही नोभेम्वर १६ तारिखमा हुनेछ । सलमान खान र उनका पिता सलीम खानसँग मोदीको पूरानो दोस्ती रहेकाले मोदीले खान परिवारको निम्तो स्वीकार्ने अनुमान गरिएको छ । सलमानले हालै हैदरावादको होटल ‘फलकनुमा प्यालेस’ दुई दिनका लागि बुकिङ गराएका छन् ।

करिब २५० जना अथितिका लागि पूरै होटल बुकिङ गरिएको हो । यस होटलको एक दिनको बुकिङ शुल्क १ करोड भारतीय रुपैयाँ रहेको छ । खानपान र साजसज्जामा पनि लाखौं खर्च हुनेछ । बाहिरी व्यक्तिहरुको आवागमन हुन नदिन पूरै होटल बुकिङ गरिएको हो । होटल परिषरमा रहेका क्याफे, रेस्टुराँसमेत सलमानले दुई दिनका लागि बुक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu