कसिलो पहिरनले प्रियंकालाई तनाव



priyankaबलिउड अभिनेत्री प्रियंका चोपडा कला र गला दुवैका कारण चर्चामा छिन् । उनको व्यक्तित्व यति चुलिएको छ कि उनी जुन कार्यक्रममा पुग्छिन्, त्यो कार्यक्रम भव्य हुन्छ । यो कुरा चलचित्रमा पनि लागू हुन्छ । सबै दृष्टिबाट सफलता पाइरहेकी प्रियंकालाई के को तनाव ? कसले दिएको होला तनाव ? खुलदुली हुने नै भयो ।

प्रियंकालाई तनाव अरु कसैले दिएको नभएर आँफैले निम्त्याएकी हुन् । आँफैले लगाएको पहिरनको कारण प्रियंका आफूलाई मात्र होइन, आयोजक र दर्शकलाई समेत असजह महसुस भएको छ । पहिरनमा निकै चुजी र स्टाइलिस्ट मानिने उनले आबुधाबीमा भएको चलचित्र महोत्सवको रेड कार्पेटमा उनी पहिरनमा चुकिन् ।

महोत्सवको रेड कार्पेटमा उनले लगाएको पोसाक आकर्षक र सुन्दर भएपनि यति टाइट थियो कि सबैलाई असहज महशुस गराउने । छाला रंगको उनले लगाएको पहिरनले उनको आलोचना समेत भएको छ । उनले कार्यक्रममा म्युजिक एण्ड डान्स शोमा पनि आफ्नो प्रस्तुति दिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu