सलमान र करीनाको फेरी हुनेछ रोमान्स



salman

बलिउडका दबंगस्टार सलमान खान र बलिउड अभिनेत्री करीना कपुर विच फेरी रोमान्स देख्न पाइने भएको छ । चलचित्र बडिगार्डमा एक साथ देखिएका यि दुई जोडिलाई बलिउड फिल्म ‘बजरंगी भाईजान’मा फेरी एक साथ देख्न पाइने भएको छ । मंगलवार फिल्मको पहिलो सट दिल्लीको यमुना नदीबाट सुरु भएको छ ।

‘बजरंगी भाईजान’मा सलमान र करीना मुख्य भुमिकामा देखिएका छन् । यि दुईस्टारको अलवा चलचित्रमा नवजुद्दीन सिद्दी पनि देखिदैछन् । बजरंगी भाईजानलाई कबीर खानले निर्देशन गरिरहेका छन् । यस भन्दा अघि सलमान सँग कबीरले ‘एक था टाईगर’लाई निर्देशन गरेका थिए । कबीरका अनुसार चलचित्र बजरंगी भाईजान एक था टाईगर भन्दा फरक रहेको छ । उनि भन्छन्, ‘यदि मैले एक था टाईगर चलचित्र जस्तै बनाउने भए एक था टाईगर २ बनाउथे बजरंगी भाईजान होइन’ ।

बजरंगी भाईजान चलचित्र अर्को बर्ष ईदमा रिलिज हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu