मस्तीजादेले बनायो सन्नीको यो हालत, टाउकोमा ब्रा !



sunny

केहि दिन अगाडी मात्र पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनले आफ्नो ट्विटरमा रेड विकिनी लगाएर अभिनय गर्दै गरेको तस्विर सार्वजनिक गरेकी छिन् । मस्तीजादेमा उनले हट अवतारमा रेड विकिनी लगाएर सुट दिएकी छिन् । आफ्नो ट्विटरमा फिल्ममा विकिनी प्रयोग गरेर खिचिएको तस्विरमा ट्वीट गर्दै यस दृश्यका लागी आफुले धेरै मेहेनत गरेको बताएकी थिइन् ।

मस्तीजादेमा निकै हट अवतारमा देखिएकी सनीले फेरी उक्त चलचित्रको यस्तै एउटा मस्तीको तस्वीर ट्विटरमा पोष्ट गरेकी छिन् । जसमा उनले आफ्नो ब्रा टाउकोमा लगाएको देख्न सकिन्छ । उनले चलचित्रका लागी नै उक्त ब्रा टाउकोमा राखेको बताइएको छ ।

फिल्म मस्तीजादेलाई मिलिप जावेरीले निर्देशन गरेका छन् । सेक्स कमेडी फिल्ममा सनी लियोन लीड रोलमा देखिएकी छिन् । उनको साथमा तुषार कपूर, वीर दास र रितेश देशमुखले पनि अभिनय गरेका छन् । सनी पहिलो पटक दोहोरो भूमिकामा चलचित्रमा देखा पर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu