आलोकको अन्तिम चलचित्र ‘अझै पनि’को नयाँ गीत सार्वजनिक (भिडियो)



K-Kura

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आफ्नै निवासमा विहीबार साँझ मृत अवस्थामा भेटिएका चर्चित चलचित्र तथा म्यूजिक भिडियो निर्देशक आलोक नेम्वाङ अहिले हाम्रो साथमा नभएपनि उनका हरेक चलचित्र तथा म्युजिक भिडियोहरुले उनको सम्झना दिलाइरहेका छन् । उनले हाम्रो पासमा एउटा नयाँ चलचित्र छोडेर गएका छन्, जुन रिलिजको क्रममा छ ।

उनले निर्देशन गरेको अन्तिम चलचित्र ‘अझै पनि’ फागुन १५ मा रिलिजको तयारीमा छ । सोहि चलचित्रको एक गीत सार्वजनिक भएको छ । स्व. निर्देशक आलोक नेम्वाङ्लाई यो चलचित्रमा समावेश पाँच गीत मध्ये ‘के कुरा कस्ले तिमिलाई सुनायो’ बोलको यस गीत सबैभन्दा प्यारो थियो । संयोगवश मिडियामा सार्वजनिक भएकै दिन बिहिवार आलोकको निधन भएको थियो ।

गीत सुन्दा निर्देशक आलोकका सम्झना ताजा बन्छन् । गीतलाई विजय सिवाकोटीले लेखेका हुन् भने सचिन सिंहको संगीत र राजु तामाङको स्वर रहेको छ । चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, रामशरण पाठक, विपना धिमाल लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् ।

सुदर्शन थापा प्रडक्शन र पुनम इन्टरटेन्मेण्टको ब्यानरमा बनेको ‘अझै पनि’लाई पुनम गौतम र सुदर्शन थापाले संयुक्त निर्माण गरेका हुन् ।

गीत हेर्नुहोस्ः

चलचित्र ‘अझै पनि’ परिवारले दिएको स्व. निर्देशकलाई दिएको श्रद्धाञ्जली

Untitled-1

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu