बलिउड कलाकारको नेपालमा लहर, अब आउने छिन् सुस्मिता सेन



susmita-sen

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
केहि महिना अगाडी मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भम्रण आए सँगै बलिउड कलाकारहरु पनि नेपाल आउने क्रम बढ्दै गएको छ । पछिल्लो समयमा मात्र बलिउडमा चर्चित हस्तिहरु नेपाल आइसकेका छन् ।

यहि क्रममा शनिबार मात्र बलिउड अभिनेत्री रविना टण्डन नेपाल आएकी थिइन् । अब फेरी बलिउडकी चर्चित नायिका सुष्मिता सेन नेपाल आउन लागेकी छिन् । कार्तिक ३० गते न्युरोडमा एक गहना पसलको उद्घाटनको लागि उनी नेपाल आउन लागेको बताइएको छ ।

उनी नेपाल रहँदा नेपालका रमणीय स्थलहरुको भम्रण गर्ने बताइएको छ । पछिल्लो समय आमिर खान, अनुपम खेर, जिया खान जस्ता महान हस्तीले नेपालको भ्रमण गसिकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu