दिक्पालको कस्तो बेइमानी ओठ (भिडियो सहित)



dikpal

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
१२ बर्ष पछि निर्देशन कार्यमा फर्किएका निर्देशक शम्भु प्रधानले निर्देशन गरेको चलचित्र रंग बैजनीको अर्को नयाँ गीत रिलिज भएको छ । मंसिर १९ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र रंग बैजनी युनिटले शनीवार चलचित्रको नयाँ गीत रिलिज गरेको छ ।

‘ओठमा छाई’ बोलको गीतमा नायक दिक्पाल कार्की र नायिका सुमिना घिमिरेको रोमान्स देख्न सकिन्छ । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको चलचित्र रंग बैजनीको सार्वजनिक गीतमा दिप प्रधानको स्वर र संगीत रहेको छ । पुर्ण पारिवारिक फिल्म रहेको चलचित्र रंग बैजनीले दर्शको मन जित्नेमा चलचित्र युनिट निकै आशावादी रहेको छ ।

चलचित्र रंग बैजनी नुतन टेलीफिलिम्सको ब्यानरमा नुतन प्रधानले निर्माण गरेकी हुन् । चलचित्रमा गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्कीको मुख्य अभिनय रहेको छ । शम्भु प्रधानका छोरा शशांक प्रधानले यस चलचित्र मार्फत सिनेम्याट्रोग्राफीमा डेब्यु गरेका छन् । चलचित्रमा नुतन प्रधानको कथा, शब्द तथा कोरियोग्राफी, मित्र गुरुङको सम्पादन र दीपप्रधानको संगीत रहेको छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu