‘सलमानसँग काम गर्न भाग्यमा लेखिनु पर्छ’



salman-deepika

बलिउडकी १०० करोड क्लबकी रानी दीपिका पादुकोणले बलिउडका दबंगस्टार सलमान खानको बारेमा खुलेर बोलेकी छिन् । उनले एक अन्तरर्वाताको क्रममा दीपिकाले भनेकी छिन् सलमान सगँ काम गर्नु भाग्यमा लेखेको हुनु पर्छ । ‘म प्रत्येक फिल्ममा सलमानको प्रतिक्षा गरेको हुन्छु, किनकी मैले अहिले सम्म सलमान खानसँग काम गर्न पाएको छैन् । म सलमान सगँ एउटा चलचित्र भएपनि खेल्न चाहान्छु’ दीपिकाले खुलरै भनिन् ।

बाहिर आएको खबर अनुसार उनले सलमानसँग काम गर्न नचाहेकी बताइएको थियो तर दीपिकाले त्यस विषयमा आफुले कहिले पनि उक्त कुरा नभनेको बताइन् । खबरका अनुसार सलमानले अभिनय गरेको चलचित्र किकमा पहिला दीपिकालाई नै अफर आएको थियो तर उनले सलमानसँग काम गर्न नमानेको खबर बाहिर पनि आयो । तर दीपिकाको अनुसार उक्त फिल्मबाट आफुलाई अफर नै नआएको बताइन् ।

उनले भनिन् ‘म सलमान सगँ चलचित्रमा अभिनय गर्न आतुर छु । अहिले समम मेरो भाग्यमा सलमानसँग काम गर्न जुरेको छैन, म विस्वस्त छु एक दिन सलमानसँग काम गर्ने दिन पनि आउनेछ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu