नेपाल आउने पालो कपिल शर्मा र सोनु निगमको



Kapil-sonu

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बलिउडका चर्चित कलाकारहरु नेपाल आउने क्रम बढ्दै गइरहेको अवस्थामा अब बलिउडका अर्का चर्चित कलाकार कपिल शर्मा र चर्चित गायक सोनु निगम नेपाल आउने भएका छन् । एनसेलले आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यहि मंसिर २७ मा सांगीतिक तथा मनोरञ्जले भरिपूर्ण कार्यक्रम, एनसेल पर्पल फेष्ट आयोजना गर्न लागेको छ । सोहि कार्यक्रमको लागी उनीहरु नेपाल आउन लागेका बताइएको छ ।

पर्पल फेष्टमा नेपाली तथा भारतीय कलाकारहरुको उपस्थिती रहनेछ । कार्यक्रममा भारतका चर्चित हास्यव्यङ्ग कलाकार कपिल शर्मा र साङ्गितिक व्यक्तित्व सोनु निगमले नेपाली गायकहरु सुगम पोखरेल, यम बुद्द तथा जीतु नेपाल र विल्सन विक्रम राईका साथ संगीत र ठट्टा प्रस्तुत गर्नेछन् ।

यहि कात्तिक ३० देखि मंसिर २६ गतेसम्म १ जी बी वा त्योभन्दा धेरै डाटा एक्टिभेट गर्ने एनसेलका कुनै पनि ग्राहकहरुले काठमाडौं उपत्यका कुनै पनि तथा वनेपाका एनसेल सेन्टरबाट पर्पल फेष्टको टिकट प्राप्त गर्न सक्नेछन् । ग्राहकको सहजताका लागि एनसेलले तीन प्रकारका टिकटहरु उपलब्ध गराउने छ ।

कर वाहेक २९९९ मूल्य रहेको १० जीबी प्याकको खरिद गर्नेले गोल्ड टिकट, कर वाहेक १३९८ मुल्यको २ जीबी (१ जीबी प्लस १ जीबी प्याक) खरिद गर्नेले सिल्भर टिकट र कर वाहेक ६९९ रहेको १ जीबी डाटा प्याक खरिद गर्नेले ब्रन्ज टिकट प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu