सुस्मिता सेन काठमाण्डौमा



Susmita-sen

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
केहि महिना अगाडी मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भम्रणमा आएसँगै बलिउडमा चर्चित कलाकारहरु नेपाल आउने क्रम बढ्दै गएको छ । बलिउडस्टार अमिर खान, अक्षय कुमार, जरिन खान, रविना टण्डन आदी बलिउडका चर्चित कलाकारहरु नेपाल आएसँगै शनीवार काठमाडौंमा आयोजना हुन लागेको एक फेसन शोमा सहभागी हुन बलिउडकी अर्की चर्चित अभिनेत्री सुस्मिता सेन आज काठमाडौं आइपुगेकी छिन् ।

साढे १२ बजे नेपालको त्रिभुबन विमानस्थलमा आईपुगेकी अभिनेत्री सेन होटल अन्नपूर्णको पुलसाइटमा हुने फेसन शोमा सहभागी हुनेछिन् । सुस्मिता शुक्रबारदेखि आयोजना हुने टाइमलेस प्यारागन ज्वेलरी फेसन शोमा देखिने भएकी छन् । क्यासिक डाइमन्ड ज्वेलरिजले गर्न लागेको फेसन शोमा मिस युनिभर्स १९९४ ले क्याटवाक गर्नेछिन् । ‘फेस अफ क्यासिक डाइमन्डु कन्टेस्ट’का विजयी आस्मी श्रेष्ठ, फस्ट रनरअप पर्मिता राज्यलक्ष्मी राणा र सेकेन्ड रनरअप साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनेत्री सेनसँग र्‍याम्पमा क्याटवाक गर्नेछन् ।

फेसन शो तीन भागमा आयोजना हुनेछ । पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ, ओसिमा बानु, आस्था पोखरेल, दीप्ति गजुरेल रक्यारोल ग्रेसियस् लगायत नेपाल र भारतका मोडलहरु र्‍यापम्पमा देखिनेछन् । उनले कात्तिक ३० मा न्युरोडस्थित क्यासिक डाइमन्डको नयाँ स्टोरको उद्घाटन समेत गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu