जब र्‍याम्पमा सुस्मिता देखिइन्



susmita-sen

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
शुक्रबारदेखि शनिबार सम्म काठमाडौंको होटल अन्नपुर्णमा आयोजना भइरहेको ‘टाइमलेस प्यारागन ज्वेलरी फेसन शो’मा सहभागी हुन काठमाडौं आइपुगेकी बलिउड अभिनेत्री सुस्मिता सेनले शुक्रबार नै आफ्नो सन्दैर्य प्रस्तुत गरेकी थिइन् ।

नेपाल देखी भारतका चर्चित मोडलहरु र्‍याम्पमा उत्रिँदा त्यहाँ उपस्थित सबैले सुस्मितालाई नै खोजिरहेका थिए । सुस्मिताको पर्खाइमा बसिरहेका आखाँहरु जब सुस्मिता आफ्नो पहिरनमा सबै माझ देखा परिन तब सबैले सुस्मितालाई नै हेरिरहे । अप्सरा जस्तो रुपमा आर्कषक पहिरनमा देखा परेकी सुस्मिताको तारिफ सबैले गरिरहेका थिए ।

शुक्रबारको साँझ अन्नपूर्ण होटलको पुलसाइडको भव्य मञ्च सुस्मिता र्‍याम्पमा उत्रिदैं थिइन तब सबैले ताली बजाउदैं उनको पहिरन मात्र होइन उनको सुन्दरताको पनि तारिफ गरेका थिए । २० वर्षअघि सुस्मिताले सन् १९९४ मा ब्रह्मान्ड सुन्दरी (मिस युनिभर्स) समेत भएकी थिइन ।

शुक्रबार र शनिबार दुई दिन हुने टाइमलेस प्यारागन ज्वेलरी फेसन शो का लागि उनी शुक्रबार नै काठमाडौं आइपुगेकी थिइन । क्लासिक डाइमण्ड ज्वेलरिजको आयोजनामा भएको कार्यक्रममा भारतका अरु सुपरमोडलहरु पनि सहभागी हुँदैछन् । तर आकर्षण सुस्मिताकै छ। उनले कार्तिक ३० मा न्युरोडस्थित क्यासिक डाइमण्डको नयाँ स्टोरको उद्घाटन समेत गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu