नेपालीसँग कपिलले मागे माफी



Kapil

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भारतका स्ट्याण्डअप कमेडियन कपिल शर्माले नेपालीहरुसँग माफी मागेका छन् । कपिलले २०१३ नोभेम्बरमा सिड्नीमा आयोजित एक कार्यक्रममा संसारको अग्लो सगरमाथा नेपाल नभई भारतमा पर्छ भनेर अभिव्यक्ति दिएपछि निकै विवादमा परेका कपिलले अन्ततः नेपालीहरुसँग माफी मागेका हुन् ।

बुधबार साँझ आफ्नो टुविटरमा ट्वीट गर्दै कपिलले लेखेका छन्, ‘मैले मेरो एउटा शोमा माउन्ट एभरेस्ट भारतमा छ भनेँ । मेरो मनसाय नेपालीहरुको भावनामा चोट पुर्‍याउनु थिएन । मैले चोट पुर्‍याएको भए माफी चाहन्छु ।’ कपिलले यस कारण पनि नेपालीहरुसँग माफी मागेका हुन् कि उनी यहि महिनाको २७ गते नेपाल आउदैंछन् ।

यहि मंसिर २७ गते बलिउडमा चर्चित गायक सोनू निगम सहित कपिल नेपालमा हुने एक कार्यक्रममा सहभागि हुन काठमाण्डौ आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu