अक्षय कुमारको नेपालमा खिचिएको फिल्म बेबीको टिजर रिलिज (भिडियो)



नेपालका रमणीय दृश्यहरुमा बलिउड फिल्म मात्र होइनन् हलिउड फिल्म समेत बनिसकेका छन् । त्यहि क्रममा केहि महिना अगाडी मात्र नेपालमा खिचिएको बलिउडका चर्चित नायक अक्षय कुमार अभिनित चलचित्र बेबीको टिजर रिलिज भएको छ ।

चलचित्रमा अभिनय गर्दाका केहि दृश्यहरु टिजरमा देखाइएको छ । टिजरमा अक्षय कुमार निकै खतरनाक दृश्यमा देखा परेका छन् । आउँदो जनवरी २३ मा रिलिज हुन लागेको चलचित्र बेबीमा अक्षय कुमार मुख्य भुमिकामा देखिएका छन् । निरज पाण्डेले निर्देशन गरेको चलचित्र ‘बेबी’मा एउटा इन्टिलिजेन्स अफिसरको भुमिकामा अक्षय कुमार देखा परेका छन् ।

टिजर हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu