बेलायती पत्रिकाले खुलासा गर्यो सलमानको प्रेम सम्बन्ध



yuliaबलिउडका सुपर स्टार सलमान खानका प्रेमी कती होलान,साच्चै गन्ने नै हो भने अचम्म लाग्न सक्छ तर कुनै पनि प्रेमी सलमान सगँ छैनन् । सलमान खानका केहि नराम्रा बानीहरुले गर्दा एकपछि अर्को गर्दै प्रेमीहरु पनि परिवर्तन भइरहेका छन् । बलिउडका सुपरस्टार सलमान अहिले एक नायिकासँग प्रेममा रहेको खुलासा भएको छ । रोमानियाली अभिनेत्री युलिया ब्यान्तुरसँग सलमानको प्रेम सम्बन्ध रहेको बताइएको छ ।

सलमान खानको विहिनी अर्पिता खानको विवाहका क्रममा युलियालाई समेत बोलाएका सलमानले आफ्नो सम्बन्ध बारे सबैलाई बताएको एक बेलायती पत्रिकाले खुलासा गरेको हो । सलमानले युलियालाई होम प्रोडक्सन चलचित्र ओ तेरी को गीतमा अभिनय गराएका थिए । सलमानले यूलियासँग जर्मनीमा भेट भएर कुरा गरेको सलमानले परिवारलाई बताएका हुन् ।

उनीहरुको सम्बन्धबारे बलिउडमा यस अघि नै चर्चा चलेको थियो । अहिले पनि सलमान र यूलियाबीच सम्बन्ध रहेको बताइन्छ । यूलिया अहिले मुम्बइको एक होटलमा छिन् जुन सलमानको घर नजिकै पर्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu