प्रियंकाको स्पा सेन्टरमा देह व्यापार



priyanka

बलिउड नायिका प्रियंका चोपडाको लगानी रहेको ‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टर’मा मुम्बई प्रहरीले छापा मारेर देह व्यापारमा संलग्न केही महिलाहरुलाई पक्राउ गरेपछि प्रियंकाको स्पा सेन्टरमा देह व्यापार भइरहेको खुलासा भएको छ । यो खबरले यति बेला बलिउड मज्जाले तातेको छ । प्रियंकाको उक्त स्पा सेन्टरमा लगानी भएपनि प्रियंकाले उक्त स्पा सेन्टर चलाउन एक सोनु नामक युवतीलाई दिएकी थिइन् । यस विषयमा प्रियंकालाई कुनै पनि जानकारी नभएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टरमा देह व्यापार चलिरहेको छ’ भन्ने थाहा पाएपछि छापा मारेका हौं, मुम्बई ७ नम्बर प्रहरीका एक अधिकारीले भने, ‘हामीले हाम्रो मान्छे ग्राहक बनाएर पठाएका थियौं ।’ ती प्रहरीले देह व्यापारको खबर पुष्टि भएपछि छापा हानेको बताए । भारतको चर्चित पत्रिका ‘मिड डे’ ले यो कुराको खुलासा गरेको हो । पत्रिकाले उक्त कुरा सार्वजनिक गरेपछि मुम्बई प्रहरी तत्काल सो स्पा सेन्टरमा गएर छापा मार्दा केहि महिलाहरु देश व्यापारमा संलग्न रहेको खुलासा भएको हो ।

प्रियंकाले उक्त स्पा सेन्टर जिम्मा लगाएकी सोनु नामकी युवती अहिले फरार छिन् उनको खोजी कार्य जारी राखिएको मुम्बई प्रहरीले बताएको छ । सोनुलाई समातेपछि मात्र सबै कुराको जानकारी आउने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu