श्री दाइ, म अनि कोहिनूर



मैले स्कूल पढ्दा देखि पछाडी लामो टुपी राखें, श्री दाइकै जस्तो । उहाँको अन्तिम एवं नेपाली चलचित्र क्षेत्रकै ऐतिहासिक सफल चलचित्र “कोहिनुर” मा मुख्य सहायक निर्देशकको रुपमा काम गर्ने अवसर पाए, खुसी लागेको छ ।

Satya

सत्यराज चौलागाईँ
– मृत्यु देखी नडराउने मान्छे हुँदैन तर अजम्बरी मान्छे हुँदैन । मर्दा लाने केहि हुँदैन, बाँच्दा गर्न धेरै हुन्छ, गर्नलाई समय हुँदैन । छोटो समयमै धेरै गर्न सक्नु सफल हुनु हो । यदि यो सत्य भए, सफल मान्छे छोटो समयलाई मात्र धर्तीमा आउँछन् । मैले बच्चा छँदा एउटा कुरा सुनेको थिए “मान्छे यस धर्तीमा आउँनु केहि राम्रो काम गर्न हो । जति छिटो त्यो काम सक्छौ त्यती नै छिटो तिमी यहाँबाछ जानु पर्छ”। सायद यहि नै होला मैले देखेको राम्रा व्यक्तिहरु जननेता मदन भण्डारी, राजा विरेन्द्र, चलचित्र निर्देशक शिव रेग्मी … जस्ता धेरै राम्रा व्यक्तिलार्इ धेरै समय देख्न सकिएन । यस्तै मैले अर्का गुमाएका व्यक्ति नायक श्रीकृष्ण श्रेष्ठ ।

– सायद यहि नै सत्य हो विचार र मनले राम्रा मान्छे सबैलाई राम्रा हुन्छन्, राम्रा मान्छेका लागि जति ठूलो घर भए पनि यहाँ बस्ने अधिकार धेरैन्जेल हुँदैन, राम्रा त्यसै हुँदैन । राम्रा त्यसकारण हुन्छन् जो भगवानले अर्‍हाएको काम गरी रहेका हुन्छन् । हुन त उनी भगवान कै एक स्वरुप हुन् … श्रीकृष्ण श्रेष्ठ ।

– म एक भाग्यमानी भए जो यस्तो राम्रो मान्छेसँग केहि समय भए पनि संगत गर्ने अवसर प्राप्त भयो । कुनै बेला थियो म बच्चा हुँदा … ठूला ठूला पोस्टरमा देख्थे, घन्टौं त्यहि पोस्टर हेर्दा संसार जित्थे, महिनौं दिन सम्म संवाद याद राखेर साथीभाइ माझ बोल्थेँ । त्यहि भएर पनि होला आज म यहि क्षेत्रमा छु । मनको चाहना र इच्छाको कुरा हो, जीवनमा केहि बन्नु र नबन्नुमा । तर आज पनि वास्तवमा रंगिन फिल्म जस्तो लागिरहेको छ श्री दाईको निधन । मैले धेरै साथीभाइ देखेका छु, संगत गरेको छु । यस्तो सम्म पाए एकचोटी झापामा भेटेको साथी रमेशले गरेको व्यवहारबाट म छक्क परेको छु, उसले उदीत नारायण र श्रीकृष्णलाई मानेको देखेर । संसारमा यस्ता मान्छे अरु कति होलान् ।
– मैले मेरो जीवनमा धेरै कम राम्रा र आफ्ना व्यक्तिसँग नजिक हुने अवसर पाएको छु । नायक श्रीकृष्णको ठूलो फ्यान म पनि विगत पाँच बर्षदेखि निरन्तर यहि क्षेत्रमा भएर पनि कुनै फिल्ममा काम गर्ने अवसर पाएको थिएन । त्यसो त उहाँले पनि आफ्नो व्यानर बाहिर एकदमै कम काम गर्नु भयो । त्यहि भएर पनि होला मेरो जीवनको सबभन्दा ठूलो आदर्शको पात्र जसका हरेक क्रियाकलाप नक्कल गर्थे । मैले स्कूल पढ्दा देखि पछाडी लामो टुपी राखें, श्री दाइकै जस्तो । उहाँको अन्तिम एवं नेपाली चलचित्र क्षेत्रकै ऐतिहासिक सफल चलचित्र “कोहिनुर” मा मुख्य सहायक निर्देशकको रुपमा काम गर्ने अवसर पाए, खुसी लागेको छ । यो अवसर दिनुहुने आकाश अधिकारी सर प्रति सधै आभारी रहने छु ।

– कोहिनुरको एउटा टुक्रा भएर काम गर्न पाएकोमा पुरा टिमलाई धन्यवाद, अझै धेरै श्री दाईलाई, जसले मलाई दक्ष देख्नु भयो । यो फिल्म गर्दाको हरेक क्षण मेरो जीवनमा रहिरहने छन् । त्यो दिन त कहिले आउने छैन, तर यो दिन राम्रो बनाउने छु, दाईबाट सिकेका हरेक कुरा यो क्षेत्रमा लगाउने छु र माथि उठाउने प्रयत्न गर्ने छु । त्यो नै मेरो उहाँलाई उपहार हुने छ ।
जय नेपाली सिनेमा,
जय श्रीकृष्ण ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu