बदलापुरको फष्टलुक पोष्टरमा वरुणको एक्शन धमाका



वरुण धवन अब चाँडै विल्कुलै नयाँ रुपमा देखा पर्ने भएका छन् । अहिले सम्म चलचित्रमा युवतीको आसपासमा मात्र देखा पर्ने गरेका वरुण अब खरतनाक एक्शन भुमिकाको रुपमा देखा पर्न लागेका छन् । उनी अहिले सम्म अभिनय गरेका चलचित्र भन्दा निकै फरक भुमिकामा वरुण चलचित्र बदलापुर देखा पर्ने भएका छन् ।

निर्देशक श्रीराम राघवनले निर्देशन गरेको चलचित्र ‘बदलापुर’लाई सैफ अली खान र दिनेश विजानले लगानी गरेका छन् । चलचित्रमा वरुण संगै चलचित्रमा नवाजुद्दीन सिद्दिकी, हुमा कुरैशी, यामी गौतम र राधिका आप्टे पनि एकसाथ देखा पदैछन । तर चलचित्रमा मुख्य भुमिकामा भने वरुण धवन नै देखिएका छन् ।

चलचित्र युनिटले सार्वजनिक गरेको बदलापुर चलचित्रको फष्टलुक पोष्टरमा वरुण निकै खतरनाक एक्शनमा देखिएका छन् । हातमा हत्तैडा र निकै रिसाहा मुहारमा वरुण देखिएका छन् । चलचित्र बदलापुर २० फरवरी २०१५ मा रिलिज हुदैंछ ।

Barun-Dhawan

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu