श्रुती हसन र इरफान खान काठमाण्डौमा, ‘यारा’को छायांकन हुँदै



shruti-and-irfna'

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बलिउड अभिनेत्री श्रुती हसन र बलिउड अभिनेता इरफान खान काठमाडौं आईपुगेका छन् । श्रुती शनिबार विहान नै काठमाडौं आईपुगेकी थिइन भने इरफान शनिबार बेलुका काठमाडौं आईपुगेका थिए । चलचित्र ‘यारा’को छायांकनका लागि उनीहरु नेपाल आइपुगेका हुन् । ६२ जनाको टिम सहित उनीहरु नेपाल आएका हुन् ।

चलचित्रलाई दिकपाल सुतलियाले निर्देशन गरिरहेका छन् भने महिपाल सिंह राठोरले चलचित्रमा लगानी गरेका छन् । दिकपालले यसअघि पान सिंह तमोर र बुलेट राजा जस्ता चलचित्रको निर्देशन गरेका थिए । साउथ सुन्दरी श्रुतीलाई बलिउड फिल्म रमैया वस्ताभैयामा निर्देशक प्रभु देवाले उभ्याएका थिए । उक्त फिल्मले राम्रो चर्चा पाएको थियो ।

नेपालमा ४ दिन सम्म छायांकन गरिने उक्त फिल्मलाई नेपाल चलचित्र प्राविधिक संघले छायांकनको व्यवस्थापन गरिरहेको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीका अनुसार नेपालका तर्फबाट अध्यक्ष केसी, प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिना, केशव घिमिरे, प्रकाश महराको साथमा अन्य प्राविधिकहरुको टोलीले उक्त चलचित्रमा काम गरिरहेको बताए । चलचित्रको छायांकन आइतवारबाट नै सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu