गैँडा, जिग्रि र पाँडेले गरे नाईके हेर्न आग्रह



gaida-jigri-pade

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
जब-जब चलचित्रको प्रदर्शन मिति नजिकदैं गर्छ तब चलचित्रको जम्बो युनिटलाई दशैं आए सरह हुन्छ । दर्शकको आखाँमा चलचित्र पार्नका लागी पछिल्लो समय चलचित्र युनिटले विभिन्न नयाँ प्रचार प्रसारका उपायहरु अपनाईरहेका छन् । पछिल्लो समयमा चलचित्रको प्रचार प्रसारमा नयाँ पन ल्याउने क्रममा यति बेला हाँस्य टेलिसिरियलका कलाकारलाई लिएर टिभिसी तयार पार्ने क्रमपनि व्यापक हुन थालेको छ ।

हाँस्यटेलिसिरियलमा आफुहरलाई स्थापित गराइसकेका तीन जना हाँस्यकलाकारहरुले नेपाली चलचित्र नाइके सबैले एकपटक हेर्न आग्रह गरेका छन् । नाइके हेर्न आग्रह गर्दै उनीहरुले फिल्मलाई सफलताको शुभकामना पनि दिएका छन् । निर्मल शर्मा ‘गैँडा’, कुमार कट्टेल ‘जिग्रि’ र अर्जुन घिमिरे ‘पाँडे’ले फिल्मको पहिलो शो नै हेर्न उत्सुक रहेको बताउँदै अरुलाई पनि आफुहरुसँगै नाइके हेर्न हलसम्म आउन उनीहरुले चलचित्र युनिटले तयार पारेको टिभिसी मार्फत आग्रह गरेका छन् ।

पोखरेली प्रोजेक्ट नाईके मंसिर १९ गते अलनेपाल रिलिजको तयारीमा छ । नेत्र गुरुङले निर्देशन गरेको चलचित्र ‘नाइके’मा आर्यन सिग्देल ग्याङस्टार ‘नाइके’को रुपमा देखिएका छन् । ब्ल्याक स्याडो प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्मात विष्णु हमाल हुन । फिल्ममा आर्यनसहित रेम बिक, सुरबिना कार्की, बोधराज रेग्मी, सारिका केसी, बिजयराज सेन्चुरी लगायतको मुख्य अभिनय रहेको छ । अर्जुन तिवारीले खिचेको फिल्ममा रोहन नेपालीको नृत्य, सानु महर्जनको द्धन्द तथा ताराप्रकाश लिम्बु, योगेश काजी र रमण गायकको सँगीत रहेको छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu