तीन खान एक मञ्चमा,दुस्मनीबाट हाँसोमा मित्रता



3-khan

बलिउडमा तिन खान सलमान खान, शाहरुख खान र अमिर खानलाई उनका फ्यानहरुले एकसाथ देख्ने निकै ठुलो धोको पालेका थिए अब उक्त धोको पुरा भएको छ । भारतको चर्चित टिभी शो आपकी अदालतले यि तिन खानका फ्यानहरुलाई सन्तुष्ट बनाएको छ । बर्षौ देखी दुस्मनीको घेरामा रहेका उनीहरु जब एकसाथ एउटै मञ्चमा देखा परे तब भारतमा मात्र होइन संसारमै यति तहल्का मच्चिएको छ ।

भारतका धेरै विश्लेषकहरु भन्छन्, ‘यो सायद संसारमै पहिलो पटक भएको दुलर्भ दृश्य र भेट हो’ । कसैले पनि कल्पना नगरेको भेट ‘आपकी अदालत’ ले जुराइदिएको छ । पत्रकार रजत शर्माले संचालन गर्ने आपकी अदालत भारतमा सवैभन्दा लामो समयदेखि चलेको टिभी शो हो । यस भन्दा अघि यि तिन खान भिन्दा भिन्दै रुपमा उक्त कार्यक्रममा सहभागी भएका थिए । तर उक्त कार्यक्रमको २१ औं बर्ष पुरा गरेको उपलक्ष्यमा यि तिन खान एकसाथ स्टेजमा देखिएका हुन् ।

मंगलबारको सुटिङ भएको उक्त कार्यक्रममा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सगैं बलिउडमा चर्चित हस्तीहरुको बाक्लो उपस्थिति रहेको थियो । आपकी अदालतको आगामी एपिसोडमा यी तीन खानलाई दर्शकले एकै स्टेजमा देख्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu