नेपालको दृश्य समावेश ‘बेबी’को ट्रेलर सार्वजनिक (भिडियो)



baby

केहि महिना अगाडी नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘बेबी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नेपालका दृश्य पनि देखाईएको छ । ‘बेबी’को छायांकनका लागी बलिउडका चर्चित अभिनेता अक्षय कुमार पनि नेपाल आएका थिए ।

चलचित्र ‘बेबी’को सार्वजनिक ट्रेलर निकै धमकेदार देखिएको छ । सार्वजनिक ट्रेलरको एक दृश्यमा अक्षयसँगै नेपाली चलचित्रका निर्देशक रामराजा दाहाल पनि देखिएका छन् । निरज पाण्डेको निर्देशन गरेको चलचि बेबीमा अक्षय कुमार एक देशभक्ति सिपाहीको भूमिकामा देखिएका छन् ।

नेपालको भक्तपुर, पाटन, हायात होटल र ठमेलमा समेत छायांकन गरिएको यो चलचित्र जनवरी २३ मा प्रदर्शन हुँदैछ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu