कालजयी सङ्गीत साधक नारायण गोपाल



सर्न्दर्भः नारायण गोपाल स्मृति दिवस (मङ्सिर १९)

Writer: Bijay Ratna
Writer: Bijay Ratna

विजयरत्न तुलाधर। “The true artist has no pride, he unfortunately sees that art has no boundaries. He vaguely feels how distant he is form his goal and though, he is perhaps admired by others, he moums that he has not reached the point where better genius radiates to him like a distant Sun.
विश्व विख्यात सङ्गीत साधक विथोवनको यो भनाईलाई मनन गर्दै स्वर सम्राट नारायण गोपालले एक अन्तर्वाताको क्रममा भनेका थिए “गायन, सङ्गीत वा कला एउटा यस्तो कुरा हो, जसको कुनै सीमा, गन्तब्य वा अन्तिम उद्देश्य हुँदैन । जति जति गाउँदै वा सङ्गीत सृजना गर्दै गयो, उति उति नयाँ क्षितिजहरु खुल्दै जान्छ । यो एउटा अनन्त यात्रा हो ।” यसरी संङ्गीत र कलाको सीमा बन्देज र अन्तिम उद्देश्य बोध गर्न नचाहने अमर सङ्गीताचार्य नारायण गोपाल कहिल्यै नटुंगिने अनन्त यात्रामा लागेको अहिले २४ वर्षपुगेको छ । समयको गति अबिराम छ, समयको बगाईसँगसँगै आज संगीतको मुटु अर्थात् स्वर सम्राट नारायण गोपाल हामी बीच नरहेको चौबीस.वर्षभईसकेको छ ।

आज भन्दा ठीक २४ वर्षअगाडी अर्थात् वि.सं.२०४७ साल मंसीर महिनाको १९ गतेका दिन राती ९ बजेर २५ मिनेट जाँदा आफ्नो नश्वर शरीर अनि संगीत संसार त्यागेर गएका नारायण गोपाल आज हामी बीच नरहे पनि उनका सयौं गीतहरु सदैव हाम्रो मुटुबीच अनि नेपालको संगीताकाशमा चम्किला ताराहरु बीच सँधैं चम्किरहने छ ।

नेपालको सांगीतिक क्षेत्रलाई अनायासै टुहुरो बनाएर गएका नारायण गोपालको जन्म वि.सं. १९९६ साल असोज १८ गतेका दिन राजधानीको किलागलमा भएको थियो । पिता आशा गोपाल गुरुवाचार्य र माता राममाया गुरुवाचार्यका ९ जना सन्तानहरु मध्येका माहिलो सन्तान नारायण गोपालको शुभ विवाह वि.सं. २०२७ फागुनमा श्रीमति पेमला गुरुवाचार्यर्संग सम्पन्न भएको थियो । एक दाजु र चार भाई भएका नारायण गोपालको तीन जना दिदी बहिनीहरु छन् भने नारायण गोपाल दम्पत्तिको कुनै सन्तान छैनन् ।

narayan

आफ्नो कुनै सन्तान नभएको कारण सँधै दुःखी रहने नारायण गोपाल दम्पत्तिलाई साथीभाईहरुले धर्मपुत्र राख्ने सल्लाह दिएका थिए तर नारायण गोपाल भने धर्मपुत्र राख्न चाहँदैन थिए । यस्ता कुराहरुले तिनको मन मस्तिष्कमा सदैव चोट पुगिरहने कुरा श्रीमती पेमाला गुरुवाचार्यले आफ्नो एक संस्मरणमा पोखेकी थिइन् । श्रीमती गुरुवाचार्यले व्यक्त गरेको संस्मरण अनुसार सन्तान नभएको पीडाबाट आक्रान्तित भएर नै नारायण गोपालले संङ्गीत युगमा आफ्ना सन्तानहरु जन्माउने चेष्टा गर्दै एउटा संगीत कोष खडा गर्ने विचार गरेका हुन् । कसैलाई धर्म सन्तान बनाउनु भन्दा पनि ठूलो धर्म भनेको देशको गरीब रहँदै आएको सांगीतिक क्षेत्रमा नयाँ पुस्ता प्रादर्ुभाव गर्ने नारायण गोपालको पवित्र सोचाईलाई श्रीमती गुरुवाचार्यले “नारायण गोपाल संङ्गीत कोष” मार्फ् पुरा गर्ने प्रयास गरेकी छन् भने स्वर सम्राट कै राय बमोजिम यस संस्थाको अध्यक्ष चाहिं कलाप्रेमी उद्योगी बसन्त कुमार चौधरीलाई बनाइएको हो ।

नारायण गोपालको जीवनभरिको सिङ्गो अनुभवको उपलब्धी अनि उनको अन्तिम इच्छाको प्रतिरुप र उनका सम्पर्ूण्ा साथीहरुको प्रयासको प्रतिफल स्वरुप खडा भएको नारायण गोपाल संगीत कोषको माध्यमबाट विपन्न र असहायहरुलाई संगीत सिकाउने ठूलो इच्छा संगीताचार्य नारायण गोपालको रहेको थियो ।

यसरी संगीतको लागि मरिमेट्ने नारायण गोपालले बाल्यकाल देखि नै परिवारमा सांगीतिक वातावरणमा हर्ुकने मौका पाएका थिए । उनका पिता आशा गोपाल गुरुवाचार्य त्यत्तिबेलाका नाम कमाएका सितारवादक थिए भने पिताको सर्ंर्सग र प्रोत्साहनले जात्रा र मेलाहरुमा डबलीहरुमा गीत एवं भजनहरु गाएर नारायण गोपालले आफ्नो संगीत यात्रा थालनी गरेका थिए । यसै क्रममा उनले अभिनेताका रुपमा अभिनय पनि गरेका थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । नारायण गोपालले वि.सं. २०१३ सालतिर मञ्चन गरिएको “त्याग” शिर्षको एउटा नाटकमा अन्धो व्यक्तिको भुमिकामा अभिनय गरेका थिए ।

डबलीहरु हुँदै वि.सं. २०१७ सालतिर कलेजको समारोहमा दर्ुइटा गीत “र्स्वर्ग कि रानी” र “आँखाको भाखैले” गाउन पुगेका नारायण गोपालले र्सवप्रथम रेडियो नेपालको लागि रर्ेकर्ड गराएको गीतहरु पनि यिनै हुन् । आफ्नै संगीतमा रर्ेकर्ड गरिएको यी दर्ुइ गीतहरु नै रेडियो नेपालमा पहिलो पटक “स्पूल” रर्ेकर्ड गरिएका गीतहरु हुन् भने “सबलाई रिझाउभन्दा पसलमा बेचिएछु” र “सानै हुरीमा वैशको सपना” गीतहरु चाहिं “लाईभ रर्ेकर्ड” गरिएका पहिला गीतहरु हुन् । यसरी रेडियो नेपाल अनि नेपाली संगीत संसारको लागि नै पहिलो “स्पूल रेकर्ड” र “लाईभ रेकर्ड” गरिएका गरिएका गीतहरुका इतिहास बोकेका इतिहास पुरुष अर्थात् नेपाली सङ्गीतको मुटु नारायण गोपालका एक सय चार वटा गीतहरुको टेप रेडियो नेपालको लाईब्रेरीमा संग्रहित गरिएको छ भने स्वर साधक नारायण गोपाल स्वयमको भनाई अनुसार करीब दर्ुइसय वटा गीत जति गाईसकेको देखिन्छ । सङ्गतिका साधकहरु प्रेमध्वज प्रधान र माणिकरत्न स्थापित अमर सङ्गति साधक नारायण गोपालका अति नजिकका मित्रहरु मानिन्थे । प्रेम माणिकको नाममा साङ्गितिक जोडि बनाएका यी अद्वितिय जोडिकालागि नारायण गोपाल तबलावादकका रुपमा प्रस्तुत भईदिन्थे ।

रेडियो नेपाल कै रेकर्ड पल्टाएर हेर्ने हो भने वि.सं.२०१६ देखि २०२२ भित्र ३२ वटा गीत पुराना गीतहरुका रुपमा र ४५ वटा आधुनिक गीत, राष्ट्रिय गीत चार वटा र बार्‍ह चलचित्रकालागि २१ वटा गीत गाएको अभिलेख हामी पाउन सक्दछौं । नारायण गोपालले गाएका स्वदेश गीतहरुमा “म मरें पनि मेरो देश बाँची रहोस्”, “जाग जाग लम्क चम्क हे नौजवान हो”, “आमा तिमीलाई” “मुटुको हरेक नशामा तातो रगत उचाली” छन् भने उनले एउटामात्र लोकगीत गाएका छन् ।

नारायण गोपालले गाएको अन्तिम गीतलाई लिएर नेपालको संगीत क्षेत्र बेला बेलामा चर्चित हुने गर्दछ । यस सर्न्दर्भमा संगीतकार भुपेन्द्र रायमाझीले पोखेको राय अनुसार नारायण गोपालको अन्तिम गीत चलचित्र “चोट”को लागि नै गाइएको हो तर त्यो गीत चाहिं “बिरही माया अधुरो रहृयो” चाहिं हैन भन्ने देखिएको छ । किनभने संगीतकार श्री रायमाझीले “चोट”को लागि “बिरही माया” रर्ेकर्ड गर्राई सकेपछि पनि “किन तिमी आज यस्तो” गीत पनि नारायण गोपालकै स्वरमा रर्ेकर्ड गराउने हेतुले प्रयाप्त अभ्यासहरु भएको र ती अभ्यासहरुमा नारायण गोपालले पनि तन्मयताका साथ भाग लिएका हुन् भन्ने एक संस्मरणमा उल्लेख गरेकाछन् तर पछि उनको अस्वस्थताको कारणले गर्दा त्यो गीत रेकर्ड गराउन सकेन छ, नारायण गोपालले । चलचित्रकोलासग उनले गाएको पहिलो गीत “बुझनै सकिन” भन्ने बोलको गीत थियो । यो गीत उनले “परिवर्तन” चलचित्रकालागि गाएका थिए ।

वि.सं.२०१७ सालदेखि २०४० सालसम्म सांस्कृतिक संस्थानको महा-प्रबन्धक बनेका नारायण गोपालले यसभन्दा अघि पोखराको अमर सिंह मा.वि.मार् इतिहास पढाएका थिए भने नेपाल ललितकला क्याम्पसमा सह-प्राध्यापक, संचार मन्त्रालयमा संगीत सल्लाहकार बनिसकेका थिए । गीत र संगीतको विकास एवं तत्सम्बन्धी खोजपर्ूण्ा सामाग्रीहरु प्रकाशनार्थ बाजा, गीत र नाचलाई एकै थलोमा संगालेर “बागीना” को प्रकाशन पनि नारायण गोपालकै प्रयासबाट थालिएको हो ।

आफूलाई अचानक नै सांस्कृतिक संस्थानको महाप्रबन्धक बनाई दिएकोमा आर्श्चर्य प्रकट गर्ने नारायण गोपालले एक पत्रिकासँगको भेटघाटका क्रममा मन खोलेर आफ्नो भनाई राख्दै भनेका थिए कि, “मलाई किन जि.एम. बनाइयो र कसले बनायो थाहै पाइन । म कसैकहाँ हात जोड्न चाहिं गएको थिइन । पछि २०४१ सालमा त्यहाँबाट हटाइयो । तर किन हटाइएँ र कसले हटायो भन्ने पनि थाहा पाइन र सोध्न पनि गएको र्छर्ुइन ।” र एकपटक रङ्गकर्मि एवं साहित्यकार प्रकाश सायमिले उनीसंग सोधेका रहेछन् कि सुमधुर स्वरकि धनी गायिकालाई कोइलीको उपमा दिइन्छ भने गायकलाई के उपमा दिनु पर्ला – उनको यो प्रश्नको उत्तरमा उनले भनेका थिए , ” कोइला ” । र यो आफ्नो मार्मिक अभिव्यक्तिलाई स्पष्ट उनले भनेका थिए कि एउटा गायकले आफ्नो जीवनकालमा यति धेरै रक्सी र चुरोट पिइसकेको हुन्छ कि त्यसको दुष्प्रभावले त्यो गायकको कलेजो डढेर कोइला जस्तो बनिसकेको हुन्छ । यसरी आफ्नो बिचारलाई नलुकाइकन र नबंग्याईकन निर्भिकताका साथ भन्ने व्यक्ति भनेर चिनिने नारायण गोपालले आफूलाई मनले खाने गीत मात्र गाउँदै आएका थिए । यसै क्रममा चाँदनी शाहका कतिपय गीतहरु गाउन नमानेका नारायण गोपालले पछि “एउटा मान्छेको मायाले” गीत भित्र समाहित गहिरो भावको कारणमात्र गाएका हुन् ।

मुना मदन र मालती मंगले जस्तो र्सवाधिक सफल गीति नाटकहरुका आफ्नो सुमधुर स्वर प्रदान गरेको थियो । तर नारायण गोपाललाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले पारिश्रमिकको नाममा केवल तीन हजार रुपैंयाँ मात्र दिएको रहेछ । र यो कुराको गुनासो पोख्दै एक पटक नारायण गोपालले भनेका थिए, “गीति नाटकमा गायन र संगीत राम्रो नभएको भए कथाले मात्र केही हुँदैनथ्यो । तर श्री ५ बाट बक्सेको एक लाख रुपैंयाँबाट लेखकले बीस हजार पाए भने हामीलाई तीन-तीन हजार दियो । यो कस्तो मूल्यांकन हो । यसलाई पक्षपात भन्ने कि अन्याय -“नारायण गोपालको यो उत्तरले पनि उनी निर्भिक छन् अनि सत्य कुरालाई निर्धक्कका साथ भन्ने बानी रहेको व्यक्ति भन्ने कुराको पुष्टी गर्दछ ।

स्वर सम्राट नारायण गोपालले वि.सं. २०२४ सालमा सर्वोत्तम गायकको पुरस्कारदेखि वि.सं. २०४८ सालमा मरणोपरान्त त्रिशक्ति पट् तेस्रा गरी थुप्रै पुरस्कार र पदकबाट बिभुषित भएका छन् भने अहिले “नारायण गोपाल संगीत कोष”ले नेपाली आधुनिक गीत, संगीतको विकास गरी यसको मौलिकता, स्तरीयता र लोकप्रियताको आधारमा सम्बन्धित व्यक्तित्वहरुलाई प्रोत्साहित गर्ने गराउने उद्देश्य सहित संगीतकर्मीहरुलाई नारायण गोपाल संगीत पुरस्कार दिएर संगीत क्षेत्रमा ठूलो योगदान पुर्‍याउँदै आएको छ ।

नारायण गोपाल, आज हामी बीच छैनन् । तर उनका प्रत्येक गीतहरुले हाम्रो मात्र हैन आगामी पुस्ताहरुलाई समेत सदैव उनी एक अमर संगीतकर्मी र गायक भई रहिरहने छ । संगीतको क ख ग पढ्ने देखि लिएर संगीतका प्रबुद्ध आचार्यहरु अनि संगीतप्रमी समस्तजनहरुमा स्वर सम्राट संगीतको मुटु नारायण गोपाल सदा सदा रहिरहने छ । अमर संगीत साधक स्वर सम्राट नारायण गोपालमा यी नै शब्दहरुको श्रद्धाञ्जली अर्पण गर्दछु ।
[email protected]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu