कट्रिना कैफसँग सलमानले हात जोडेरै मागे माफि



kaitrina-salman

बलिउडका दबंगस्टार सलमान खानले बलिउड अभिनेत्री तथा पूर्वप्रेमिका कट्रिना कैफसँग माफी मागेका छन् । सलमानले कट्रिना कैफलाई कट्रिना कपुर भनेको विषयमा सलमानले माफी मागेका हुन् ।

सलमानले कट्रिनासँग माफी मागेकोसम्बन्धी समाचार भारतबाट प्रकाशित मिड डे पत्रिकाले छापेको छ । समाचारमा जनाइएअनुसार कट्रिनाको घरमै गएर सलमानले हात जोडेर माफी मागेका थिए । सलमानले आफ्नी बहिनीको बिहेका क्रममा कट्रिना कैफलाई कट्रिना कपुर भनेका थिए ।

सलमानसँग छुटेपछि कट्रिनाले रणवीर कपुरसँग मस्ती गर्दै आएकी छन् । त्यसैले सलमानले सचेत ढंगले नै कट्रिनाको थर कपुर भनेको हुन सक्ने अनुमान गरिएको थियो । समालनले बिहेमा रणवीरलाई निम्ता दिएका थिएनन् । तर कट्रिनालाई भने बहिनी अर्पितालाई दुलही सिंगार्ने जिम्मा नै दिएका थिए । माफी माग्ने क्रममा आफूले उत्साहित भएर त्यस्तो टिप्पणी गरेको बताएको समाचारमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu