‘अधकट्टी’को अष्ट्रेलियामा प्रिमियर हुने



adhkatti

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
दैनिक देखिने, पढिने र सुनिने घटनामा आधारित चलचित्र ‘अधकट्टी’ अष्ट्रेलियामा प्रिमियर हुने भएको छ । नेपालमा फागुन १ गते रिलिज हुने यो चलचित्रको प्रिमियर २०१५ फेब्रुअरी १ तारिकमा सिड्नीमा हुने निर्माता प्रदिप उदयले बताए ।

अष्ट्रेलियामा सिनेमा क्लबले प्रदर्शनको आयोजना गरेको हो । अष्ट्रेलियाको लागि निर्माता अर्चना थापाले चलचित्र प्रिमियरको पहल गरेकी हुन् ।

सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरेको यो चलचित्रमा बेरोजगार युवाको कथा समेटिएको छ । सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी र जया शर्माको पटकथा तथा संवाद रहेको ‘अधकट्टी’मा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर बिष्ट र नव प्रस्तुतीको रुपमा प्रदीप बाँस्तोलाको मुख्य भूमिका रहेको छ । नायिका नम्रता श्रेष्ठ र नायक गजित बिष्ट बिशेष भूमिकामा छन् ।

‘अधकट्टी’मा रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu