जन्मभुमिमा खेत जोत्दै महिला



janmabhumi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र जन्मभुमीको फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्रको पोस्टरमा निस्मा घिमिरे, अनु शाह, बिनोद श्रेष्ठ, जेबिका कार्की, बाल कलाकार सौगात बिस्ट नव कलाकार अग्रिम गिरि तथा निर्देशक मोहन निरौला देख्न सकिन्छ । साथै एस पोस्टर मा प्रसस्तै आन्दोलित भीड का साथै महिलाले हलो जोतेको दृश्य पनि देखाइएको छ ।

खासगरी सामाजिक कथामा केन्द्रित जन्मभुमीमा राष्ट्रप्रेम झल्काइएको चलचित्र बताईएको छ ।
राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, वाहृय हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी चलचित्रले बोलेको छ । चलचित्र जन्मभुमी मौलिक नेपाली चलचित्र हुनुको साथै मौलीक नेपाली जनजीवनको कथा समेटीएको निर्देशक मोहन निरौलाले वताए ।

चलचित्र जन्मभुमीमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, राजु बजाज र मोहन निरौलाको मुख्य भुमीका रहेको छ । चलचित्रमा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रुपमा जेवीका कार्की र अग्रीम गीरी रहेका छन् । चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायाङ्कन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्ल को सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभुमीमा रहेको छ । चलचित्र जन्मभुमीका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय हुन् ।

अम्बिका गिरीको प्रस्तुति चलचित्रमा सुरज गिरीको लगानी रहेको छ । आगामी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर चलचित्र रिलिज गरिनेछ । यस अघि थुप्रै टेलिश्रृंखलाको लेखन, निर्देशन अभिनय तथा चलचित्रको प्रसस्त लेखन तथा अभिनय गरेका मोहन निरौलाले यस अघि पुकार र २०५२ सालमा पनि ‘जन्मभुमी’ नामक चलचित्रकै निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu