बिपासाको डरलाग्दो रुप (भिडियो)



Bipasa

अंग्रेजी नयाँ वर्ष २०१५ को जनवरी १६ मा रिलिज हुन लागेको भूषण पटेलको नयाँ चलचित्र ‘अलोन’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । सेक्स बलिउड नायिका बिपासा बसु र करन सिंह ग्रोबर अभिनित यस चलचित्रको दोस्रो पोष्टरमा बिपासा निकै डरलाग्दो रुपमा देखिएकी छिन् ।

‘अलोन’ फिल्ममा उनी जुम्ल्याहा बहिनीको रुपमा अभिनय गरेकी छिन् । जसमा एउटा बहिनीको डरलाग्दो चरित्र र अर्को बहिनीको बोल्ड चरित्र देखाउन खोजिएको निर्देशक पटेलले बताए ।

यस अघि सन्नी लियोन लाई लिएर ‘रागिनी एमएमएस २’ बनाएका भूषण ले यो चलचित्रमा अर्की हट नायिका बिपासलाई प्राथमिकता दिएका छन् । उनको यस चलचित्र सँगै अहिले उनको रोमान्स यस चलचित्रका नायक करन सिंह सँग चलेको हल्लाले बलिउड तताएको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu